महिलालाई यौन व्यवसायमा लगाउने १० एजेन्ट पक्राउ | Khabarhub Khabarhub

महिलालाई यौन व्यवसायमा लगाउने १० एजेन्ट पक्राउ


२० मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनमा विगत दुई वर्षमा यौन व्यवसायमा लगाउने १० जना एजेन्टलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेलकी प्रहरी निरीक्षक सरिता विश्वकर्माले चितवनका महिला पत्रकारसँगको छलफलमा उक्त कुरा बताएकी हुन्।

प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८- ८९ मा यौन व्यवसायमा महिलाहरुलाई संलग्न गराउने पुरुष तीन जना, महिला दुई जना गरी पाँच जना पक्राउ परेका छन् भने गत आर्थिक वर्ष २०७९-८० मा पनि तीन पुरुष र दुई महिला गरी पाँच जना पक्राउ परेका छन्। यस आर्थिक वर्षको कात्तिकसम्म भने मानव बेचबिखनको कुनै उजुरी नपरेको प्रहरीले जनाएको छ।

चितवन प्रहरीको तथ्यांक शाखाकी सहायक हवल्दार अन्जु थारूका अनुसार एजेन्टहरुले चितवनका विभिन्न होटलहरूमा यौनव्यवसाय गराएको  आरोपमा पक्राउ परेका हुन्। उनले उनीहरूले चेलीबेटीलाई देह व्यापारको लागि विदेश पठाउने गरेको समेत पाइएको बताइन्। 

चितवनमा गत वर्ष १८ वर्षमूनिका यौनव्यवसायमा लगाएका चार किशोरी र १८ वर्ष माथिका तीन महिलाको उद्दार गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ६ : १३ बजे

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

गलकोट– बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई