कोका-कोला बेभरेजेज नेपालको 'कोक बडी' एप सार्वजनिक | Khabarhub Khabarhub

कोका-कोला बेभरेजेज नेपालको ‘कोक बडी’ एप सार्वजनिक


२० मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौँकोका-कोला बेभरेजेज नेपालले ‘कोक बडी’ एप लन्च गरेको छ । रिटेलरहरूले कुनै पनि समयमा कुनै पनि स्थानबाट डिस्ट्रिब्युटरहरूमार्फत कोका-कोलाका पेय पदार्थहरू सहजरुपमा अर्डर गर्न सकुन् भन्ने उद्देश्यले यो एप लन्च गरिएको हो । 

नेपालभरका २५६ वितरकहरू र १५६,००० आउटलेटहरूलाई जोड्दै यो नयाँ मोबाइल एप्लिकेसनले कोका-कोलाका उत्पादनहरू वितरण गरिने शैलीलाई डिजिटल रूपमा रूपान्तरण गर्ने कम्पनीले विश्वास लिएको छ ।

कोका–कोला बेभरेजेज नेपाल र यसको विशाल वितरण सञ्जाल भित्रको सन्चार र लजिस्टिकलाई सुव्यवस्थित गर्न कोक बडी एपको डिजाइन गरिएको हो। सप्लाइ चेन म्यानेजमेन्टलाई अप्टिमाईज गर्ने, इन्भेन्टरि भिजिबिलिटी सुधार गर्ने र  डिस्ट्रिब्युटर-रिटेलरहरु दुवैका लागि सहज अनुभव प्रदान गर्ने यो एपको लक्ष्य हो ।

यसैबीच  सुविधाजनक रुपमा अर्डर गर्ने एप-कोक बडी विशेष रूपमा रिटेलरहरूका लागि तयार पार्दा आफू उत्साहित भएको कोका–कोला बेभरेजेज नेपालका कमर्सियल डिरेक्टर युनुस रियादीले बताए ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ७ : ११ बजे

जन्मको आधारमा नागरिकता नदिने ट्रम्पको निर्णय असंवैधानिक भएको अदालतको ठहर

न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको जन्मको आधारमा दिने

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल माघ ११ गते शुक्रबार माघ

आज २०८१ साल माघ ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल माघ ११ गते शुक्रबार माघ

दुर्घटनामा आमाको मृत्यु, छोरी घाइते

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–२ सानोथिमिस्थित दिव्यश्वरी प्लानिङमा मोटरसाइकल र कार

खैरो हेरोइन ल्याउने र लिन बसेका युवा पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषध खैरो हेरोइन ल्याउने र सो