चिसोमा ओठ फूट्ने कारण र बच्ने उपाय « Khabarhub

चिसोमा ओठ फूट्ने कारण र बच्ने उपाय



काठमाडौँ – चिसो मौसममा विभिन्न स्वास्थ्यसम्बन्धी समस्याहरु देखिन्छन्। जाडोमा सबैभन्दा बढी ओठ फुट्ने समस्याले सताउने गर्छ। ओठ फुटेमा पोल्ने, बोल्न नहुने, खाना खान गाह्रो हुने लगायतका समस्या देखिन्छन्।

हाम्रो ओठको छाला अति नै पातलो र कमजोर हुन्छ। यसलाई कुनै पनि मौसमी कारण, सुख्खा हावा, चिसो मौसम र घामको प्रकाशले सजिलै असर गर्न सक्दछ। ओठ फुट्ने समस्या जो-कोहीलाई हुने सामान्य समस्या भए पनि ओठ फुटेर हुने जलन भने खपी नसक्ने गरी हुन्छ।

कहिले काहीँ रोगका कारण पनि ओठ फुट्न सक्छ। चिकित्सकका अनुसार जाडो मौसममा थाइराइड, इन्डोक्राइन जस्ता ग्रन्थीमा समेत रगतको मात्र कम भएर त्यसको परिणामस्वरूप ओठ फुट्न सक्छ। कहिले काहीँ शरीरले प्राकृतिक रुपमा ओठमा तेल उत्पादन गर्ने प्रक्रियामा कमी आएर पनि ओठ फुट्न सक्छ।

ओठ फुट्ने कारण

– चिसो तथा सुख्खा मौसम
– हरियो सागसब्जी तथा फलफूल नखाँदा
– पानीको मात्रा कम भएर
– कम गुणस्तरको लिपबाम तथा लिपस्टिक लगाउँदा
– बारम्बार जिब्रोले ओठ चलाउँदा
– जाँडरक्सी र चुरोट धेरै खाँदा

रोकथामका उपाय

– घर बाहिर निस्कँदा चिल्लो पदार्थहरु मह, घिउ, नरिवलको तेल, दूधको तर वा लिपबाम लगाएर मात्र निस्कनुपर्छ।
– जाडोको समयमा ओठ मात्र होइन, छाला पनि फुट्ने भएकाले प्रशस्त मात्रामा पानी पिउनुपर्छ।

– बाहिर बजारमा पाइने जुनसुकै क्रिम पनि ओठमा लगाउन हुँदैन। समय–समयमा ओठमा लिप बाम लगाउने गर्नुपर्छ। भिटामिन ई भएको लिपबाम लगाउनु राम्रो हुन्छ।

– ओठमा जमेका मृत छाला औँला अथवा नङले कोट्याएर निकाल्ने गर्नहुँदैन। यसो गर्दा घाउ भएर समस्या झन बढ्दै जान्छ।

– यदि ओठ फुटेर घाउ नै भयो भने एन्टिबायोटिक क्रिम लगाउनुपर्छ।

( छाला रोग विशेषज्ञ डा. रीता श्रेष्ठसँग विना न्यौपानेले गरेको कुराकानीमा आधारित)

 

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  ७ : २६ बजे

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको एउटा बारमा भएको सामूहिक गोलीबारीमा थप एक

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा कलंकीदेखि बल्खुसम्म ट्रकको लाइन (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ट्रकका लाइन लागेका छन्

अध्ययन बिदापछि सेवा नफर्कने त्रिविका शिक्षक-कर्मचारीबाट १६ करोड ५० लाख असुल

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका

अमेरिकासँग तत्काल वार्ता गर्ने योजना छैन : इरानी मिडिया

तेहरान– संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका पुगेको इरानी प्रतिनिधिमण्डलले