चिसोमा ओठ फूट्ने कारण र बच्ने उपाय « Khabarhub

चिसोमा ओठ फूट्ने कारण र बच्ने उपाय



काठमाडौँ – चिसो मौसममा विभिन्न स्वास्थ्यसम्बन्धी समस्याहरु देखिन्छन्। जाडोमा सबैभन्दा बढी ओठ फुट्ने समस्याले सताउने गर्छ। ओठ फुटेमा पोल्ने, बोल्न नहुने, खाना खान गाह्रो हुने लगायतका समस्या देखिन्छन्।

हाम्रो ओठको छाला अति नै पातलो र कमजोर हुन्छ। यसलाई कुनै पनि मौसमी कारण, सुख्खा हावा, चिसो मौसम र घामको प्रकाशले सजिलै असर गर्न सक्दछ। ओठ फुट्ने समस्या जो-कोहीलाई हुने सामान्य समस्या भए पनि ओठ फुटेर हुने जलन भने खपी नसक्ने गरी हुन्छ।

कहिले काहीँ रोगका कारण पनि ओठ फुट्न सक्छ। चिकित्सकका अनुसार जाडो मौसममा थाइराइड, इन्डोक्राइन जस्ता ग्रन्थीमा समेत रगतको मात्र कम भएर त्यसको परिणामस्वरूप ओठ फुट्न सक्छ। कहिले काहीँ शरीरले प्राकृतिक रुपमा ओठमा तेल उत्पादन गर्ने प्रक्रियामा कमी आएर पनि ओठ फुट्न सक्छ।

ओठ फुट्ने कारण

– चिसो तथा सुख्खा मौसम
– हरियो सागसब्जी तथा फलफूल नखाँदा
– पानीको मात्रा कम भएर
– कम गुणस्तरको लिपबाम तथा लिपस्टिक लगाउँदा
– बारम्बार जिब्रोले ओठ चलाउँदा
– जाँडरक्सी र चुरोट धेरै खाँदा

रोकथामका उपाय

– घर बाहिर निस्कँदा चिल्लो पदार्थहरु मह, घिउ, नरिवलको तेल, दूधको तर वा लिपबाम लगाएर मात्र निस्कनुपर्छ।
– जाडोको समयमा ओठ मात्र होइन, छाला पनि फुट्ने भएकाले प्रशस्त मात्रामा पानी पिउनुपर्छ।

– बाहिर बजारमा पाइने जुनसुकै क्रिम पनि ओठमा लगाउन हुँदैन। समय–समयमा ओठमा लिप बाम लगाउने गर्नुपर्छ। भिटामिन ई भएको लिपबाम लगाउनु राम्रो हुन्छ।

– ओठमा जमेका मृत छाला औँला अथवा नङले कोट्याएर निकाल्ने गर्नहुँदैन। यसो गर्दा घाउ भएर समस्या झन बढ्दै जान्छ।

– यदि ओठ फुटेर घाउ नै भयो भने एन्टिबायोटिक क्रिम लगाउनुपर्छ।

( छाला रोग विशेषज्ञ डा. रीता श्रेष्ठसँग विना न्यौपानेले गरेको कुराकानीमा आधारित)

 

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  ७ : २६ बजे

एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै 

काठमाडौं– नेकपा एमालेले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको सन्देश देशैभर प्रवाह

दरवाङ–मुना–ढोरपाटन सडक : धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ– माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको

दिक्तेलको भानुचोकमा राष्ट्रिय विभूति आचार्यको सालिक पुनर्निर्माण सुरु

खोटाङ– राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको सालिक पुननिृर्माणको काम सुरु

स्याङ्जाको राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको