कांग्रेस संसदीय दलको पहिलो बैठक आज बस्दै « Khabarhub

कांग्रेस संसदीय दलको पहिलो बैठक आज बस्दै


२३ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको जानकारी दिएका छन् ।

वर्तमान कांग्रेस संसदीय दलको पहिलो बैठक बस्न लागेको हो । संसदीय दलको बैठक अघि शुक्रबार साँझ पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारीसँग छलफल गरेका थिए। सभापति देउवाले बोलाएको छलफलमा उससभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पार्टीका मुख्य सचेतक रमेश लेखक सहभागी थिए ।

बैठकमा आगामी संसद् बैठकमा कसरी प्रस्तुत हुने, सरकारलाई विश्वासको मत दिने/नदिनेलगायत विषयमा छलफल हुनेछ । प्रतिनिधिसभाको नयाँ कार्यकालको पहिलो अधिवेशन यही पुस २५ गते सुरु हुँदै छ ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेसले ८९ सिट जितेर प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल बने पनि प्रतिपक्षमा बस्नुपर्ने अवस्थामा पुगेको छ । सङ्घीय ससंद्को तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोस्रो ठूलो दल नेकपा (एमाले)लगायत सात दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका छन्।

प्रधानमन्त्री दाहालले यही पुस २६ गते विश्वासको मत लिने तय भएको छ ।

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  ७ : ४५ बजे

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण