आहा राराको उपाधिका लागि सङ्कटा र अमेरिकाको भुटनिज क्लब भिड्दै « Khabarhub

आहा राराको उपाधिका लागि सङ्कटा र अमेरिकाको भुटनिज क्लब भिड्दै


२३ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

पोखरा – मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा पोखरा गोल्डकपको उपाधिका लागि सङ्कटा क्लब र अमेरिकाको भुटनिज युथ स्पोर्टस् क्लब आमनेसामने हुँदैछन्। २२ औँ संस्करणको उक्त प्रतियोगिताको फाइनल खेल आज दिउँसो १ : ३० बजेदेखि पोखरा रङ्शालामा सुरु हुनेछ।

यसअघि बुधबार भएको पहिलो सेमिफाइनल खेलमा साविक विजेता सशत्र प्रहरी बलको एपीएफ फुटबल क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै सङ्कटाले फाइनलमा स्थान पक्का बनाएको थियो। बिहीबारको दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडसँग १–० को जित निकाल्दै भुटनिज युथ स्पोर्टस् फाइनलमा पुगेको हो।

साविक विजेता एपीएफलाई स्तब्ध पार्दै फाइनल यात्रा तय गरेको सङ्कटालाई विदेशी खेलाडीको भर छ। सङ्कटामा रहेका दुई क्यामरुनी फरवार्डरले एपीएफविरुद्ध समान दुई-दुई गोल गरेका थिए। सङ्कटाका प्रशिक्षक सल्यान खड्गीले आफ्नो टिमले उपाधि जित्ने दाबी गरेका छन्। उनले फाइनल खेलमा रणनीति परिवर्तन हुन सक्ने बताए।

भुटनिज क्लब पनि उपाधि चुम्ने दाउसहित फाइनलमा उत्रदैँछ। प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्दै आएका दुवै टिमको फाइनल स्पर्धा रोचक हुने ठानिएको छ। गत १४ गतेदेखि सुरु भएको प्रतियोगितामा दस टिमको सहभागिता छ। प्रतियोगितका विजेताले रु. १२ लाख र उपविजेताले रु. छ लाख नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजक सहारा क्लब पोखराले जनाएको छ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई एक विद्युतीय स्कुटर, उत्कृष्ट डिफेन्डर, फरवार्डर, गोलकिपर, मिडफिल्डर, सर्वाधिक गोलकर्ता र प्रशिक्षकले जनही रु. २५ हजारका दरले पुरस्कार पाउनेछन्। प्रतियोगिताको २२ औँ संस्करणका अवसरमा रु. ५० हजार पाँचको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी पुरस्कार अनन्त तामाङलाई प्रदान गरिने क्लबका महासचिव रामजीप्रसाद अधिकारीले बताए।

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  ९ : ४० बजे

शिक्षा समिति : विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौं– प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन ‘राष्ट्रिय

प्रधानमन्त्री शाह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत

परराष्ट्र मन्त्रालयको भवन निर्माण आगामी वर्षदेखि सुरुवात गरिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयको आफ्नै भवन निर्माणको काम

विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन

काठमाडौं– सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन गर्न

चार हजार सहकारी बचतकर्ताको रकम फिर्ता

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हालसम्म करिब चार हजार बचतकर्ताको