मध्यपुर ठिमीमा लडेर एक महिलाको मृत्यु | Khabarhub Khabarhub

मध्यपुर ठिमीमा लडेर एक महिलाको मृत्यु


२३ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भक्तपुरमा लडेर एक जना महिलाको मृत्यु भएको छ ।  मध्यपुर ठिमी नगरपालिका-९ बोडे निलबाराहीमा एक महिला लडेर मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

ललितपुर गोदावरी नगरपालिका-१४ बाँडेगाउँ घर भई भक्तपुरमा डेरा गरी बस्ने ३६ वर्षीया सृजना महर्जनको मृत्यु भएको हो । शनिबार बिहान ११ बजे घरमा लडेर उनी घाइते भएकी थिइन् ।

घाइते भएकी उनलाई छोराले देखेपछि स्थानीयले उद्धार गरी अस्पतालमा पुर्‍याएका थिए । ठिमीमा रहेको कोरियन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  ५ : ४३ बजे

एनआईसी एशिया क्यापिटलको म्युचुअल फण्ड बिक्री खुल्ला

काठमाडौं– एनआईसी एशिया क्यापिटल लिमिटेडले आज (बिहीबार)बाट म्युचुअल फण्ड बिक्रीमा

रास्वपाले आज पत्रकारहरूसँग भेटघाट कार्यक्रम गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज (बिहीबार) पत्रकार भेटघाट कार्यक्रम

माबिलुङ्ग इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन 

काठमाडौं– माबिलुङ्ग इनर्जी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको साधारण शेयर

ताप्लेजुङ गोल्डकप : आज रेड स्टार र सहलेश भिड्दै

ताप्लेजुङ– ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत