आहा रारा पोखरा गोल्डकपको उपाधि संकटालाई « Khabarhub

आहा रारा पोखरा गोल्डकपको उपाधि संकटालाई


२३ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

कास्की– संकटा फुटबल क्लबले २२औँ संस्करणको ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप’ को उपाधि जितेको छ । पोखरा रङ्गशालामा आज सम्पन्न फाइनल खेलमा अमेरिकाको भुटनिज युथ स्पोर्टस क्लब (विवाइएससी)  मिनेसोटालाई ३-२ गोलले हराउँदै संकटा दोस्रोपटक च्याम्पियन बनेको हो । 

संकटाले यसअघि २०औँ संस्करणको पनि उपाधि जितेको थियो । विजेता टोलीले १२ लाखसहित  शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता भुटनिज युथ क्लबले छ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

संकटालाई च्याम्पियन बनाउन सुरजज्यू ठकुरी, मेसुके ओलामाउ र सुनिल बलले एक-एक गोलको योगदान गरे। उपविजेता भुटनिज युथ क्लबका तर्फबाट रेने स्यान्टिलनविलिस ग्रिफिटले गोल गरे । 

खेलको सातौँ मिनेटमा सुरजज्यू ठकुरीको गोलमा संकटाले अग्रता लिएको थियो । यसैगरी खेलको ३५औँ मिनेटमा मेसुके ओलामाउले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । भुटनिज युथ क्लबका लागि रेने स्यान्टिलनले खेलको ३७औँ मिनेट र पहिलो हाफको अतिरिक्त समयमा विलिस ग्रिफिटले दोस्रो गोल गर्दै खेल बराबरीमा पुगेको थियो । 

खेलको दोस्रो हाफमा कुनै पनि गोल भएन । निर्धारित ९० मिनेटको समय बराबरीमा टुङ्गिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको पहिलो हाफ गोलरहित बराबरीमै सकियो । तर एक सय १७औँ मिनेटमा संकटाका सुनिल बलले निर्णायक गोल गर्दै टिमलाई च्याम्पियन बनाएका थिए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी संकटाका सुनिल बल घोषित भए। उनले एलजीको इलेक्ट्रिक स्कुटर प्राप्त गरे । उत्कृष्ट मिडफिल्डरमा संकटाका आयुष घलान, उत्कृष्ट गोलरक्षकमा संकटाकै टिकेन्द्र थापा, उत्कृष्ट फरवार्ड संकटाकै स्टेफन बिनोङ र उत्कृष्ट डिफेन्डरको उपाधि भुटनिजका हेक्टर ओर्टेगाले प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट प्रशिक्षकमा संकटाका सल्यान खड्गी घोषित भए । उनीहरु सबैले जनही रु २५ हजार पुरस्कार प्राप्त गरे । 

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  ७ : ५९ बजे

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको

आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते

सिन्धुली – जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा