नरहरिनाथ गाउँपालिकामा सिकाइ कक्षा सञ्चालन « Khabarhub

नरहरिनाथ गाउँपालिकामा सिकाइ कक्षा सञ्चालन


२३ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

कालीकोट- नरहरिनाथ गाउँपालिकाका पाँच सय ६३ घरमा सिकाइ कक्षा सञ्चालन गरिएको छ । शिक्षाको पहुँचमा सुधार ल्याउने उद्देश्यले बालबालिकालाई घरघरमा सिकाइ कक्षा सञ्चालन गरिएको हो ।

गाउँपालिकाका नौवटै वडाका घरघरमा बालबालिकालाई सिकाइ कक्षा सञ्चालनमा ल्याइएको हो । शिक्षाको गुणस्तर बढाउन बालबालिकालाई घरमा नै शिक्षा सिकाउनका लागि विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना, २०७७ र विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७ लाई समर्थन गर्दै गाउँपालिकामा घरघरमा सिकाइ कक्षा सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष नगेन्द्र विष्टले बताए ।

“सहयोगी साझेदार संस्था प्लान नेपालको सहयोगमा अहिले गाउँपालिकाका नौवटै वटामा सिकाइ कक्षा सञ्चालनमा छन्”, उनले भने, “विद्यालय सञ्चालन नभएको समयमा बालबालिकाले घरमै पढ्न पाउने भएको छन् ।”

प्लान नेपालको सहयोग र किर्डाक नेपालद्वारा नरहरिनाथ गाउँपालिका १२ विद्यालयमा ३६ वटा सिकाइ केन्द्र सञ्चालनमा रहेको पढाइ लेखाइ सीप सुधार परियोजना कार्यक्रमका प्रतिनिधि ईशरा बुढाले बताए । “प्रत्येक वडामा सहजीकरणका लागि चार जना प्रतिनिधि राखेका छौँ”, उनले भने, “बिहान बेलुकी सबै कक्षामा सिकाउने गरेका छन् ।”

घर–घरमा सिकाइ कक्षाले शिक्षा पहुँचभन्दा बाहिर रहेका बालबालिकालाई विद्यालयसम्म पु¥याउने काम गरेको नरहरिनाथ–३ कुमालगाउँका स्थानीय जयमति महताराले बताए ।

“अशिक्षा र अज्ञानताका कारण हाम्रो समाज पछि परेको र हामीले विद्यालय गएर पढ्न नपाए पनि नानीबाबुहरुले पढ्न पाउने भएका छन्”, उनले भने, “घरघरमा सिकाइ कक्षा स्थापना गरेका कारण विद्यालयभन्दा बाहिर रहेका बालबालिकाले पढ्न पाएका छन् ।”

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  ८ : १५ बजे

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको

आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते

सिन्धुली – जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा