आइतबारदेखि जनकपुर र विराटनगरबाट श्रम स्वीकृति लिन सकिने « Khabarhub

आइतबारदेखि जनकपुर र विराटनगरबाट श्रम स्वीकृति लिन सकिने


२३ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आइतबारदेखि जनकपुर र विराटनगरबाट पनि श्रम स्वीकृति लिन सकिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्ले यही पुुस ११ मा गरेको निर्णय कार्यान्वयन गर्ने क्रममा भोलि आइतबारदेखि दुवै स्थानबाट श्रम स्वीकृत लिन सकिने व्यवस्था गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिए ।

यसअघि काठमाडौँ र उपत्यकाबाहिर पोखरा र भैरहवाबाट मात्रै यस्तो सेवा लिन सकिने व्यवस्था थियो । वर्तमान सरकारको मन्त्रिपरिषद्को पहिलो बैठकले नागरिकलाई प्रदान गर्दै आएका आधारभूत सेवा दिने निकायको सेवा प्रवाहलाई सुगम, सरल र कम खर्चिलो झण्झटमुक्त बनाउने निर्णय गरेको थियो । साथै देखिने गरी सुधारका काम तत्काल आरम्भ गरी कार्यान्वयन गर्ने निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मातहतका मन्त्रालयलाई कार्ययोजना निर्माण गरी कार्यान्वयनमा जान निर्देशन दिएको थियो ।

सुर्खेत र धनगढीबाछ पनि प्राविधिक तथा भौतिक तयारीपछि छिट्टै यो सेवा सुरु हुने प्रेस संयोजक शर्माले जानकारी दिए । त्यसका लागि सरकारका तर्फबाट आवश्यक गृहकार्य भइरहेको उनको भनाइ छ ।

यसअघि प्रदेशबाटै श्रम स्वीकृत लिन नमिल्ने अवस्थाका कारण नागरिकहरु काठमाडौँ आउनुपर्ने बाध्यता थियो । वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित तुल्याउने प्रधानमन्त्रीको योजनाअनुसार श्रम स्वीकृतिका लागि कार्यालय विस्तार गरिएको हो ।

प्रधानमन्त्री प्रचण्डले सचिवहरूसँगको छलफलका क्रममा नागरिकले राज्यबाट सेवा प्राप्त गर्न लामो लाइन र अन्य झन्झट व्यहोर्नुपर्ने अवस्था अन्त्य गर्न निर्देशन दिएका थिए ।

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  ९ : ३१ बजे

अष्ट्रेलियामा ब्याजदर १५ वर्षयताकै उच्च

सिड्नी– अष्ट्रेलियाको केन्द्रीय बैंकले बढ्दो इन्धन मूल्यका कारण मुद्रास्फीति चर्किएपछि

अबको महाधिवेशनपछि केपीको विकल्प विद्या बन्न सक्नुहुन्छ : रचना खड्का केन्द्रीय सदस्य

काठमाडौं- नेकपा एमालेकी केन्द्रीय सदस्य रचना खड्का आगामी महाधिवेशनमा अध्यक्ष

रुस–युक्रेन युद्ध अन्त्यका लागि वार्तामा बस्न पोप लियोको आग्रह

रोम– पोप लियो चौधौँले रुस र युक्रेनलाई वार्तामा बसेर मतभेद समाधान

के छ संसदमा प्रस्तुत भएको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयकमा ?

काठमाडौं- प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक २०८३

दुई दशकपछि इराकबाट अमेरिकी सेना फिर्ता, इरानको प्रभाव बढ्ने

काठमाडौं- अमेरिकाले इराकमा रहेको आफ्ना अन्तिम सैन्य आधार शिविरबाट बुधबारसम्म