व्यावसायिक सेफमार्फत् नेपाली खानाको प्रवद्धन गरिनुपर्छ : मास्टर सेफ साह « Khabarhub

व्यावसायिक सेफमार्फत् नेपाली खानाको प्रवद्धन गरिनुपर्छ : मास्टर सेफ साह


२३ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चर्चित बिबिसी मास्टर सेफ सन्तोष साहले व्यावसायिक सेफमार्फत् नेपाली खानाको प्रवर्द्धन गरिनुपर्ने बताएका छन् ।

प्यासिफिक एशिया ट्राभल एशोसियशन (पाटा) नेपाल च्याप्टरले आज नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा आयोजना गरेको ‘पाटा युवा पर्यटन प्रोफेशनल सेफ प्रतियोगिता’मा बोल्दै उहाँले नेपाली परिकारको प्रवद्धन तथा युवा पुस्तालाई यस क्षेत्रमा आकर्षण गर्न प्रतियोगिता सहयोगी हुने विश्वास व्यक्त गरे । उनले युवा विद्यार्थीले प्रदर्शन गरेको पाक कला, रचनात्मक शैली र नवीन विचारबाट आफू प्रभावित भएको बताए ।

नेपाल उद्योग परिसङ्घका महाप्रबन्धक दीपकराज जोशीले हस्पिटालिटी विषयमा अध्ययनरत विद्यार्थीको प्रतिभा प्रष्फुटनका साथै नेपाली खानाको स्वादलाई आकर्षक ढङ्गले प्रस्तुति गर्न प्रतियोगिताले सहयोग पुग्ने बताए ।

पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले हस्पिटालिटी तथा पर्यटन विषयमा अध्ययनरत विद्यार्थीहरुको ज्ञान, सीप र क्षमतालाई प्रतिस्पर्धामार्फत् प्रस्फुटित गराउने तथा नेपाली पर्यटन क्षेत्रमा भावी सबल पर्यटन जनशक्तिको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उल्लेख गरे ।

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  ९ : ४४ बजे

ड्रोन आक्रमण बढेको कारण युक्रेनी विश्वविद्यालयद्वारा अनलाइन कक्षा जारी गर्न निर्देशन

कीएभ- रूसले दिनको समयमा पनि आक्रमण गरेको भन्दै युक्रेनको प्रमुख

टी–२० सिरिजमा गण्डकीको विजयी सुरुवात

काठमाडौं– नेपाल भ्रमणमा आएको भुटानको राष्ट्रिय क्रिकेट टिम, गण्डकी प्रादेशिक

असोज ८ देखि हालसम्म विपद्का घटनामा ३५ जनाको मृत्यु

काठमाडौं– अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न

यूएनएचसीआरमा आर्थिक संकट, ८३ लाख विस्थापित सहायता र संरक्षणबाट वञ्चित हुने जोखिममा

जेनेभा- संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकाय (यूएनएचसीआर) ले पर्याप्त बजेट अभावका कारण

सञ्चारमन्त्री तिमिल्सिनाको कोरिया भ्रमण स्थगित

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गणतन्त्र कोरियाको राजधानी