व्यावसायिक सेफमार्फत् नेपाली खानाको प्रवद्धन गरिनुपर्छ : मास्टर सेफ साह | Khabarhub Khabarhub

व्यावसायिक सेफमार्फत् नेपाली खानाको प्रवद्धन गरिनुपर्छ : मास्टर सेफ साह


२३ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चर्चित बिबिसी मास्टर सेफ सन्तोष साहले व्यावसायिक सेफमार्फत् नेपाली खानाको प्रवर्द्धन गरिनुपर्ने बताएका छन् ।

प्यासिफिक एशिया ट्राभल एशोसियशन (पाटा) नेपाल च्याप्टरले आज नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा आयोजना गरेको ‘पाटा युवा पर्यटन प्रोफेशनल सेफ प्रतियोगिता’मा बोल्दै उहाँले नेपाली परिकारको प्रवद्धन तथा युवा पुस्तालाई यस क्षेत्रमा आकर्षण गर्न प्रतियोगिता सहयोगी हुने विश्वास व्यक्त गरे । उनले युवा विद्यार्थीले प्रदर्शन गरेको पाक कला, रचनात्मक शैली र नवीन विचारबाट आफू प्रभावित भएको बताए ।

नेपाल उद्योग परिसङ्घका महाप्रबन्धक दीपकराज जोशीले हस्पिटालिटी विषयमा अध्ययनरत विद्यार्थीको प्रतिभा प्रष्फुटनका साथै नेपाली खानाको स्वादलाई आकर्षक ढङ्गले प्रस्तुति गर्न प्रतियोगिताले सहयोग पुग्ने बताए ।

पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले हस्पिटालिटी तथा पर्यटन विषयमा अध्ययनरत विद्यार्थीहरुको ज्ञान, सीप र क्षमतालाई प्रतिस्पर्धामार्फत् प्रस्फुटित गराउने तथा नेपाली पर्यटन क्षेत्रमा भावी सबल पर्यटन जनशक्तिको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उल्लेख गरे ।

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  ९ : ४४ बजे

गाजामा मानवीय सङ्कट गहिरिँदै, अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

संयुक्त राष्ट्रसङ्घ – संयुक्त राष्ट्र बालकोष (यूनिसेफ)का अनुसार, गाजा सिटी

‘कमेडी दरबार’ युट्युबमा अपलोड नभएपछि निमार्ण टिमले माग्यो माफी

काठमाडौं – सरकारले युट्युबसहित सूचीकरण नभएका सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि

एमाले विधान महाधिवेशन : विभिन्न प्रतिवदेन प्रस्तुत गर्दै पहिलो दिन सम्पन्न

ललितपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाविधेशनको पहिलो

मनास्लु आरोहण गर्न दुई सय २४ जनाले लिए अनुमति

गोरखा – यस वर्षको शरद ऋतु (सेप्टेम्बर, अक्टोबर र नोभेम्बर)मा

फेसबुक बन्द भएपछि बालेनको कटाक्ष : अब अरुले काम गरेको मात्र देख्ने भए

काठमाडौं– सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको केही घण्टामै