सर्वोच्च बारको अध्यक्षमा हरिशङ्कर निरौला निर्वाचित « Khabarhub

सर्वोच्च बारको अध्यक्षमा हरिशङ्कर निरौला निर्वाचित


२३ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सर्वोच्च बार एशोसिएशनको ३४ औँ नयाँ कार्यसमिति चयन लागि भएको निर्वाचनमा बृहत् लोकतान्त्रिक समूहबाट अध्यक्षमा वरिष्ठ अधिवक्ता हरिशङ्कर निरौला विजयी भएका छन् । उनले दुई सय ८९ मत ल्याएर विजयी भएको हुन् । भने उनको प्रतिस्पिर्धी प्रगतिशीलबाट वरिष्ठ अधिवक्ता तुलसी भट्टले दुई सय ७५ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा लोकतान्त्रिकका जगदीशप्रसाद पाण्डे, सचिवमा प्रगतिशीलका श्यामकुमार खत्री, सहसचिवमा लोकतान्त्रिकबाट सुजन लोप्चन र कोषाध्यक्षमा प्रगतिशीलबाट कपिलचन्द्र पोखरेल विजयी भएका छन् । एक महिला सदस्यमा प्रगतिशीलबाट सिर्जना कँडेल विजयी भएकी छिन् ।

सदस्यहरूमा लोकतान्त्रिक उत्तमराज पाठक, भीमप्रसाद ढकाल, रुपनारायण श्रेष्ठ, रेशमराज रेग्मी, रामबहादुर राउत, सुमनकुमार केसी विजयी भएका छन् । भने प्रगतिशीलबाट प्रभुजी पन्त, अनुपराज उप्रेती र देवी रेग्मी पोखरेल विजयी भएका छन् । पाँच पदाधिकारी र १० सदस्य गरी १५ जनाको नयाँ पदाधिकारीका लागि भएको निर्वाचनबाट विजयीको कार्यकाल दुई वर्ष हुनेछ ।

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  ९ : ५४ बजे

ड्रोन आक्रमण बढेको कारण युक्रेनी विश्वविद्यालयद्वारा अनलाइन कक्षा जारी गर्न निर्देशन

कीएभ- रूसले दिनको समयमा पनि आक्रमण गरेको भन्दै युक्रेनको प्रमुख

टी–२० सिरिजमा गण्डकीको विजयी सुरुवात

काठमाडौं– नेपाल भ्रमणमा आएको भुटानको राष्ट्रिय क्रिकेट टिम, गण्डकी प्रादेशिक

असोज ८ देखि हालसम्म विपद्का घटनामा ३५ जनाको मृत्यु

काठमाडौं– अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न

यूएनएचसीआरमा आर्थिक संकट, ८३ लाख विस्थापित सहायता र संरक्षणबाट वञ्चित हुने जोखिममा

जेनेभा- संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकाय (यूएनएचसीआर) ले पर्याप्त बजेट अभावका कारण

सञ्चारमन्त्री तिमिल्सिनाको कोरिया भ्रमण स्थगित

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गणतन्त्र कोरियाको राजधानी