जनप्रतिनिधिले इमान्दारिता साथ जनताको सेवा गर्नुपर्छ : माधव नेपाल « Khabarhub

जनप्रतिनिधिले इमान्दारिता साथ जनताको सेवा गर्नुपर्छ : माधव नेपाल


२३ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवंं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनप्रतिनिधिले इमान्दारिता साथ जनताको सेवा गर्नुपर्ने बताएछन् । उनले राजनीति गर्नेहरूको शिर ठाडो हुनाका लागि जनताको सेवा अनिवार्य रहेको स्पष्ट पारे । पूर्व प्रधानमन्त्री नेपालले राजनीतिमा निष्ठा र इमान्दारिताको खाँचो रहेको बताए ।

नेपाल पत्रकार महासङ्घ भक्तपुर जिल्ला शाखाको २६औँ स्थापना दिवसको आज उद्घाटन कार्यक्रममा उनले भने, “पदका लागि गठबन्धन बन्ने र भत्किने कुराको भत्र्सना गर्नुपर्छ, हाम्रो पार्टी राजनीतिक स्थिरताको पक्षमा छ, पदका लागि सरकार ढाल्न यताउति गर्ने पक्षमा छैन ।”

उनले जनताले पत्रकार र पत्रकारिताप्रति ठूलो विश्वास गरेको बताउँदै पत्रकारिताप्रति जनताको विश्वास गुम्न नदिन पत्रकार देश र जनताप्रति पूर्ण जवाफदेवी र प्रतिबद्ध हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा राष्ट्रिय समाचार समिति९रासस०का अध्यक्ष एवं नेपाल पत्रकार महासङ्घ पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले पत्रकारले सतहीमा रहने नभई गहिराइमा गएर सत्य, तथ्य समाचार बाहिर ल्याउनुपर्ने बताए ।

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  १० : १६ बजे

ड्रोन आक्रमण बढेको कारण युक्रेनी विश्वविद्यालयद्वारा अनलाइन कक्षा जारी गर्न निर्देशन

कीएभ- रूसले दिनको समयमा पनि आक्रमण गरेको भन्दै युक्रेनको प्रमुख

टी–२० सिरिजमा गण्डकीको विजयी सुरुवात

काठमाडौं– नेपाल भ्रमणमा आएको भुटानको राष्ट्रिय क्रिकेट टिम, गण्डकी प्रादेशिक

असोज ८ देखि हालसम्म विपद्का घटनामा ३५ जनाको मृत्यु

काठमाडौं– अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न

यूएनएचसीआरमा आर्थिक संकट, ८३ लाख विस्थापित सहायता र संरक्षणबाट वञ्चित हुने जोखिममा

जेनेभा- संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकाय (यूएनएचसीआर) ले पर्याप्त बजेट अभावका कारण

सञ्चारमन्त्री तिमिल्सिनाको कोरिया भ्रमण स्थगित

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गणतन्त्र कोरियाको राजधानी