कैलाली-कञ्चनपुरमा जलपक्षी गणना सुरु « Khabarhub

कैलाली-कञ्चनपुरमा जलपक्षी गणना सुरु


२३ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– कैलाली कञ्चनपुरका तालतलैया, नदी र सिमसार क्षेत्रमा आजदेखि जलपक्षी गणना सुरु गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा हिमाली प्रकृति, नेपाल पक्षी संरक्षण सङ्घ, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेचर गाइड एशोसिएशन, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सहभागितामा जलपक्षी गणना सुरु गरिएको हो ।

जलपक्षी गणनामा संलग्नले वाइनाकुलर, टेलिस्कोप, क्यामेरालगायतको प्रयोग गरी गणना गरिरहेको नेपाल पक्षी संरक्षण सङ्घका चराविज्ञ हिरुलाल डगौराले बताएका छन् । उन अनुसार कञ्चनपुरका रानीताल, ताराताल, कालिकिच ताल, बेदकोट, बन्दाताल, पुरैनी ताल, प्याराताल, स्याली नदी, चौधर नदी र सिमसार क्षेत्रमा जलपक्षी गणना भइरहेको छ ।

कैलालीको घोडाघोडी, लौकाभौका, कोइहली ताल, सुनियारुपिया, पुरैना, घोडालगायतका ताल र कर्णाली नदी क्षेत्रलगायतमा चरा गणना भइरहेको छ । केही स्थानमा हात्ती चढेर र डुङगा चढेरसमेत जलपक्षी गणना भइरहेको उनले जानकारी दिए ।

“तालतलैया तथा सिमसार क्षेत्रका रैथाने र आगन्तुक जलपक्षीको अवस्था पत्ता लगाउन, सङ्ख्या अद्यावधिक गर्न, संरक्षणमा स्थानीय समुदाय र सरोकारवाला निकायलाई सहभागी गराइ सचेतना अभिवृद्धि गर्न र संरक्षणमा हातेमालोका गर्न गणनाको कार्य भइरहेको छ”, उनले भने । उनले गत वर्षझैँ जलपक्षी बस्ने तालको अवस्थाका तथा तालबारे जिपिएस लोकेसनबारे जानकारी लिने बताए ।

गत वर्षको गणनामा निकुञ्ज र बाह्य क्षेत्रका तालतलैयामा जलपछी गणनाका क्रममा विश्वकै दुर्लभ सारस, भुडिफोर गरुड, कैले टाउके हाँसलगायत ४८ प्रजातिका चरा देखापरेका थिए । तालतलैयामा जलपक्षीको सङ्ख्या यकिन गर्ने कार्यसँगै सिमसारको अवस्थाबारेमा समेत अध्ययनकार्य हुने डगौराले बताए

“जलपक्षीको अवैधपमा सिकार र सिमसार क्षेत्र मासिँदै जान थालेपछि जलपक्षीको सङ्ख्या घट्दै गएको पाएका छौँ”, उनले भने, “प्राकृतिक तालमा माछापालन हुन थालेपछि जलपक्षी आउन छाडेका छन् ।”

केही जलपक्षी चिसो छल्नका लागि साइवेरियालगायतका क्षेत्रबाट लामो दूरी तय गरी यो बाटो हुँदै भारत र श्रीलङ्कातर्फ जाने गरेका छन् । सिमसार क्षेत्रमा बच्चा कोरलेर जलपक्षी चैतदेखि जेठ महिनासम्म पुनः साइवेरियालगायतका क्षेत्रमा फर्कने गरेका छन् । गत वर्षको गणनामा विश्वकै दुर्लभ सारस, भुडिफोर गरुड, कैले टाउके हाँसलगायत देखापरेका थिए । गत वर्षको अनुगमनमा ५८ प्रजातिका तीन हजार छ सय ४१ वटा जलपक्षी फेला परेका थिए ।

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  ११ : ०५ बजे

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको

आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते

सिन्धुली – जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा