काठमाडौंमा बर्डफ्लू संक्रमण पुष्टि « Khabarhub

काठमाडौंमा बर्डफ्लू संक्रमण पुष्टि


२४ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपत्यकाका केही ठाउँमा बर्डफ्लू सङ्क्रमण पुष्टि भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका काठमाडौं र ललितपुरमा बर्डफ्लू संक्रमण पुष्टि भएको हो।

काठमाडौंको नार्गाजुन नगरपालिका रामकोट, तारकेश्वर नगरपालिका र ललितपुरको खुमलटारमा पालिएको कुखुरामा बर्डफ्लू सङ्क्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार शुक्रबार लतिपुरको खुमलटारस्थित कृषि अनुसन्धान परिषद् नार्कको अनुसन्धान फार्ममा पहिलो सङ्क्रमण पुष्टि भएको थियो।

सानो परिमाणमा रहेको त्यहाँको पन्छी नष्ट गरिसकिएको मन्त्रालयले जनाएको छ। यस्तै, नार्गाजुन नगरपालिका वडा नम्बर ६ रामकोटको फार्ममासमेत बर्डफ्लू सङ्क्रमण पुष्टि भएको छ।

तारकेश्वरमा बर्डफ्लू पुष्टि भएको ठाउँमा अहिले पन्छी नष्ट गर्ने काम रहेको मन्त्रालयले जनाएको छ। बर्डफ्लू पुष्टि हुँदा फार्ममा रहेका सबै कुखुरा नष्ट गरिन्छ। यसले आम कृषक मारमा पर्ने गरेका छन्।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  ६ : ४९ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्