‘अनलाइनमार्फत बाल यौन दुर्व्यवहार बढ्यो’ | Khabarhub Khabarhub

‘अनलाइनमार्फत बाल यौन दुर्व्यवहार बढ्यो’


२४ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : भ्वाइस अफ चिल्ड्रेनले सोमबार अनलाइनमार्फत हुने बाल यौन दुर्व्यवहार रोकथाममा सञ्चार क्षेत्रको भूमिका विषयक कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा सहभागी वक्ता तथा सहभागीले सामाजिक सन्जाल फेसबुक, म्यासेन्जर, टिकटक, युट्युब, भाइबर, ट्विटर, ह्वाट्सएप, ईमो, इन्स्टाग्राम, नेटफ्लिक्स आदि प्रयोग गरी बालबालिकाको शारीरिक, मानसिक, शैक्षिक, नैतिक, सामाजिक विकास तथा अवस्थामा असर पर्ने क्रियाकलापहरू भइरहेकाले त्यसको न्युनिकरणका लागि साझा प्रयास आवश्यक रहेको बताएका थिए ।

भ्वाइस अफ चिल्ड्रेनका निर्देशक कृष्ण कुमार थापाले पछिल्लो समय अनलाइनको माध्यमबाट सबैभन्दा बढी बालबालिका यौन दुर्व्यवहार र शोषणमा पर्ने गरेका बताएका छन् । नेपाल प्रहरी केन्द्रीय साइबर ब्युरोको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७÷७८ मा बालक ५६ र बालिका ५२ जनाले साइबर अपराधमा उजुरी गरेका छन् ।

त्यस्तै १० देखि १८ वर्षसम्मका बालबालिकाहरू धेरैजसो फोन वा मेसेजद्वारा यौनजन्य सन्देश, भिडियो र फोटो पठाउने, नग्न फोटो र भिडियो प्रयोग गरी धम्क्याउने र फकाउने, लोभ देखाउने तरिकाबाट दुर्व्यवहारमा पर्ने गरेको भ्वाइस अफ चिल्ड्रेनले जनाएको छ ।

अनलाईन बाल यौन दुर्व्यहारको घटनाले बालबालिकाले लज्जित महशुस गर्ने, थकाई लाग्ने, निन्द्रा नलाग्ने, पेट दुखिरहने जस्ता समस्या उत्पन्न हुनेजस्ता समस्या देखिने वक्ता कपिल काफ्लेले बताएका छन् ।

भ्वाइस अफ चिल्ड्रेन २०५७ सालमा स्थापना भएको एक गैरसरकारी संस्था हो । यसले सडक, यौन दुर्व्यवहार र शोषणमा परेका तथा निकृष्ट प्रकारका श्रममा रहेका बालबालिकाको संरक्षणको लागि उद्धार, पुनर्स्थापना, पारिवारिक तथा सामाजिक पुनर्मिलन र जोखिम अवस्थामा रहेका परिवारहरूको क्षमता अभिवृद्धि गरी उनीहरूका बालबालिकाको संरक्षणका लागि कार्यहरू गर्दै आएको छ ।

भ्वाइस अफ चिल्ड्रेनले दातृ निकायको सहयोगमा प्रदेश नं १ सुनसरी र बागमति प्रदेशका विभिन्न जिल्लामा विभिन्न कार्यक्रम चलाइरहेको छ ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  १ : २७ बजे

अरुण नदीमा बेपत्ता दुई बालिका अझै भेटिएनन

भोजपुर – अरुण नदीमा बेपत्ता भएका दुई बालिका अझै भेटिएका

प्रदेश सरकार खेलकुदको विकासका लागि प्रतिबद्ध छः मुख्यमन्त्री सिंह

धनुषा – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले खेलाडीले मेहनत गरेर

फेवाताल किनारमा ३६० सीमा स्तम्भ गाडिए

कास्की – पर्यटन राजधानी पोखरास्थित प्रमुख पर्यटकीय गन्तव्य फेवातालको ताल

दृष्टि मिडियाका अध्यक्ष र कार्यकारी सम्पादक धरौटी तिरेर रिहा

काठमाडौं – अदालतको अवहेलनासम्बन्धी मुद्दामा दृष्टि मिडिया प्रालिका अध्यक्ष शम्भुलाल

बैंक लुटपाटमा संलग्न एक अभियुक्त पक्राउ

सिरहा – सिरहाको कल्याणपुरस्थित ग्लोबल आइएमई बैंक शाखाबाट रु नौ