‘अनलाइनमार्फत बाल यौन दुर्व्यवहार बढ्यो’ « Khabarhub

‘अनलाइनमार्फत बाल यौन दुर्व्यवहार बढ्यो’


२४ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : भ्वाइस अफ चिल्ड्रेनले सोमबार अनलाइनमार्फत हुने बाल यौन दुर्व्यवहार रोकथाममा सञ्चार क्षेत्रको भूमिका विषयक कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा सहभागी वक्ता तथा सहभागीले सामाजिक सन्जाल फेसबुक, म्यासेन्जर, टिकटक, युट्युब, भाइबर, ट्विटर, ह्वाट्सएप, ईमो, इन्स्टाग्राम, नेटफ्लिक्स आदि प्रयोग गरी बालबालिकाको शारीरिक, मानसिक, शैक्षिक, नैतिक, सामाजिक विकास तथा अवस्थामा असर पर्ने क्रियाकलापहरू भइरहेकाले त्यसको न्युनिकरणका लागि साझा प्रयास आवश्यक रहेको बताएका थिए ।

भ्वाइस अफ चिल्ड्रेनका निर्देशक कृष्ण कुमार थापाले पछिल्लो समय अनलाइनको माध्यमबाट सबैभन्दा बढी बालबालिका यौन दुर्व्यवहार र शोषणमा पर्ने गरेका बताएका छन् । नेपाल प्रहरी केन्द्रीय साइबर ब्युरोको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७÷७८ मा बालक ५६ र बालिका ५२ जनाले साइबर अपराधमा उजुरी गरेका छन् ।

त्यस्तै १० देखि १८ वर्षसम्मका बालबालिकाहरू धेरैजसो फोन वा मेसेजद्वारा यौनजन्य सन्देश, भिडियो र फोटो पठाउने, नग्न फोटो र भिडियो प्रयोग गरी धम्क्याउने र फकाउने, लोभ देखाउने तरिकाबाट दुर्व्यवहारमा पर्ने गरेको भ्वाइस अफ चिल्ड्रेनले जनाएको छ ।

अनलाईन बाल यौन दुर्व्यहारको घटनाले बालबालिकाले लज्जित महशुस गर्ने, थकाई लाग्ने, निन्द्रा नलाग्ने, पेट दुखिरहने जस्ता समस्या उत्पन्न हुनेजस्ता समस्या देखिने वक्ता कपिल काफ्लेले बताएका छन् ।

भ्वाइस अफ चिल्ड्रेन २०५७ सालमा स्थापना भएको एक गैरसरकारी संस्था हो । यसले सडक, यौन दुर्व्यवहार र शोषणमा परेका तथा निकृष्ट प्रकारका श्रममा रहेका बालबालिकाको संरक्षणको लागि उद्धार, पुनर्स्थापना, पारिवारिक तथा सामाजिक पुनर्मिलन र जोखिम अवस्थामा रहेका परिवारहरूको क्षमता अभिवृद्धि गरी उनीहरूका बालबालिकाको संरक्षणका लागि कार्यहरू गर्दै आएको छ ।

भ्वाइस अफ चिल्ड्रेनले दातृ निकायको सहयोगमा प्रदेश नं १ सुनसरी र बागमति प्रदेशका विभिन्न जिल्लामा विभिन्न कार्यक्रम चलाइरहेको छ ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  १ : २७ बजे

जलविद्युत् रोयल्टी बाँडफाँडका मुख्य सूचक तय, भौगोलिक अवस्थालाई ५० प्रतिशत भार

काठमाडौं– विद्युत् विकास विभागले जलविद्युत् आयोजनाबाट प्राप्त रोयल्टी बाँडफाँडको आधार र

पाकिस्तानमा भारी वर्षा, चार जनाको मृत्यु, १६ घाइते

एजेन्सी– पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको बन्नू जिल्लामा भएको भारी

नेपाल र चीनका सगरमाथा आरोही बेइजिङमा सम्मानित

बेइजिङ– चीनको राजधानी बेइजिङमा आरोही तथा सङ्घीय सांसद मिङ्मा ग्याबु

भारतीय वायु सेनाको विमान दुर्घटना 

एजेन्सी– भारतीय वायु सेना (आइएएफ) को एएन–३२ परिवहन विमान शनिबार

निकासी आदेशपछि लेवनानमा इजरायली आक्रमण

एजेन्सी– निकासी चेतावनी जारी गरेको केही समयपछि इजरायली सेनाले छापा