काठमाडौँमा आधुनिक सडक बत्ती जडान गर्ने विषयमा महानगर र प्राधिकरणबीच सम्झौता « Khabarhub

काठमाडौँमा आधुनिक सडक बत्ती जडान गर्ने विषयमा महानगर र प्राधिकरणबीच सम्झौता


२४ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौं महानगरपालिकाको मुख्य सडकमा आधुनिक सडक बत्ती जडान गर्ने विषयमा सम्झौता भएको छ ।

महानगरपालिका र नेपाल विद्युत प्राधिकरणबीच सडकमा आधुनिक बत्ती जडान गर्ने विषयमा सम्झौता भएको हो ।

यसअघि महानगरपालिका, प्राधिकरण र सडक विभागबीच भएको सहमतिका आधारमा महानगर र प्राधिकरणबीच सम्झौता भएको हो ।

बत्ती जडान गर्न ११ करोड ९९ लाख ७४ हजार ९२५ रुपैयाँ लागत अनुमान गरिएको छ । यसको ६० प्रतिशत रकम काठमाडौँ महानगरपालिकाले र ४० प्रतिशत रकम नेपाल विद्युत प्राधिकरणले व्यहोर्ने गरी सम्झौता भएको हो ।

सम्झौतापत्रमा महानगरका तर्फबाट सार्वजनिक निर्माण विभागका प्रमुख रामबहादुर थापाले र प्राधिकरणका तर्फबाट कानुन विभागका निर्देशक बलराम सिलबालले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  ३ : ०७ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको