१५० देशका राष्ट्रगान गाउने रामजी नेपालीको ‘विश्व यात्रा’ « Khabarhub

१५० देशका राष्ट्रगान गाउने रामजी नेपालीको ‘विश्व यात्रा’


२४ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चोकचोकका चिया पसलमा होस् वा मेला महोसत्व होस् राष्ट्रगान गुनगुनाउने रामजी नेपालीको लतै बनिसक्यो । उनी नेपालको मात्रै होइन विभिन्न एक सय ५० भन्दा बढी देशका राष्ट्रगान गाउँछन् ।

उनले हालसम्म ११ वटा देश पुगेर ती देशका राष्ट्रगान गाइसकेका छन् । विश्वका सबै देशको राष्ट्रगान गाउने तयारीमा रहेका उनी हाल ८२ देशका गान गाउने तयारीमा छन् ।

जिल्लाको बागलुङ नगरपालिका ६ का ४३ वर्षीय नेपालीले राष्ट्रगान गाउँदै विश्व यात्रामा हिँडेको आठ वर्ष भयो जसले उनलाई विश्वयात्रीका रुपमा स्थापित बनाइसकेको छ ।

सन् २०१५ देखि विभिन्न देशको राष्ट्रगान गाएर विश्व यात्रा थालेका नेपालीले अहिलेसम्म युरोपका विभिन्न देश, युएई, भारत गरी ११ देशको यात्रा गरिसकेका छन् । उनी जुन देशमा पुग्छन्, उही देशको भाषामा राष्ट्र गान गाउँछन् । पछिल्लो २५ वर्षदेखि नेपाली गीत सङ्गीतमा आबद्ध उनले राष्ट्रगानमार्फत् विश्वबन्धुत्वलाई थप बलियो बनाउने बताए ।

उनले नेपाललाई अन्तर्राष्ट्रिय पर्यटनसँग जोड्नका लागि आफूले विश्वका विभिन्न देशको राष्ट्रगान गाउँदै हिँडेको बताए । “हाम्रो देश नेपालमा कैयन धार्मिक तथा पर्यटकीय ठाउँ छन्, अहिलेसम्म यी ठाउँमा अन्तर्राष्ट्रिय पर्यटक आउन सकेका छैनन्, उनीहरुलाई नेपाल ल्याउन, यहाँको पर्यटनलाई विश्वसँग जोड्नका लागि विश्व यात्रा थालेको हुँ”, उनले भने, “विगतमा नेपालीका लागि गाउँथे भने आज विश्वका मानिसका लागि गाइरहेको छु ।”

संसारसामु नेपाल चिनाउनका लागि आफूले विश्वयात्रा तय गरेको नेपालीको भनाइ छ । राष्ट्रगानले विश्वलाई एक ठाउँ जोड्ने हुँदा आफू यो अभियानमा लागेको उनले बताए । राष्ट्रगानले आत्मियता बढाउने र भाइचाराको सम्बन्ध बढाउने उनको अनुभव छ ।

उनले विश्व यात्राका लागि विभिन्न व्यक्ति तथा सङ्घ संस्थाबाट सहयोग जुटाउँदै आएका छन् । विश्व यात्रामा लागिरहँदा तीतामीठा दुवै अनुभूति रहेको उनी सम्झन्छन् । उनी भन्छन्, “जसले पनि आफ्नो देशलाई माया गर्छ, त्यसले गर्दा आत्मसम्मानको अनुभूति गर्दा रहेछन, जुन देशको राष्ट्रगान हो त्यही देशको भाषामा गाउँदा उनीहरुलाई गर्व लाग्दो रहेछ त्यसले सम्बन्ध जोड्न मद्दत गर्ने रहेछ ।” यात्राका क्रममा उनले पैदल, गाडीदेखि जहाजसम्म जे भेटिन्छ त्यसैमा यात्रा गर्ने गरेका छन् । तर सबैभन्दा पैदल यात्रामा आनन्द हुने उनको अनुभव छ ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  ३ : ४० बजे

पहिराले मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रुपमा अवरुद्ध

काठमाडौं– केही दिनयतादेखिको वर्षासँगै आएको पहिराका कारण देशभरीमा विभिन्न मुख्य

यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

स्थानीय पहिचान र उद्यम विकासमा उत्साह थपेर सकियो स्वयम्भू महोत्सव 

काठमाडौं– वडाको पहिचान, वडाभित्रका धार्मिक, सांस्कृतिक तथा सामाजिक पहिचान र

जथाभावी सप्लिमेन्ट : अनावश्यक सेवनले मिर्गौला र युरिक एसिडको जोखिम

काठमाडौँ – पछिल्लो समय जिम जाने युवा हुन् वा ‘फिट’

मुग्लिन-नारायणगढ खण्डको तुइन खोलामा पहिरो : सडक खुलाउने प्रयास जारी

चितवन – नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलामा ढुङ्गासहितको पहिरो खस्दा सडक