सोमबारको भूकम्पमा मृतकको सङ्ख्या ५१ सय नाघ्यो, टर्कीमा तीन महिने आपतकाल घोषणा « Khabarhub

सोमबारको भूकम्पमा मृतकको सङ्ख्या ५१ सय नाघ्यो, टर्कीमा तीन महिने आपतकाल घोषणा


२४ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- टर्की र सिरियामा सोमबार गएको भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या ५१ सय नाघेको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ५१ सय नाघेको जनाएको हो ।

रोयटर्सका अनुसार भूकम्पका कारण टर्कीमा ३५ सय र छिमेकी मुलुक सिरियामा १६ सय जनाभन्दा धेरैको मृत्यु भएको छ । भूकम्पमा अरु कैयौँ घाइते भएका छन् भने बेपत्ता भएकाहरुको खोजीकार्य जारी रहेको छ ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले मङ्गलबार शक्तिशाली भूकम्पबाट प्रभावित मुलुकका विभिन्न १० प्रान्तमा तीन महिनाका लागि आपतकाल घोषणा गरेका छन् ।

खोज तथा उद्धारका गतिविधि र त्यसपछिको अध्ययनलाई छिट्टै अगाडि बढाउन यो निर्णय गरिएको उनले पत्रकार सम्मेलनमा बताए ।
एर्दोगानले दक्षिणी टर्कीमा सोमबारको शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार ५४९ पुगेको बताएका छन् । हाल भूकम्प प्रभावित क्षेत्रमा ५३ हजार ३१७ खोज तथा उद्धार कर्मचारी र सहयोगी खटिएको राष्ट्रपतिले उल्लेख गरेका छन् ।

विपद् तथा आपतकालीन व्यवस्थापन प्राधिकरणका अनुसार दक्षिणी कहरामनमारस, अडाना, अदियामान, ओस्मानी, हाते, किलिस र मालत्या र दक्षिणपूर्वी सानलिउर्फा, दियारबाकिर र गाजियन्टेप प्रान्तमा भूकम्पबाट सबैभन्दा धेरै प्रभावित भएका छन् ।

यसअघि एर्दोगानले सोमबार सात दिने राष्ट्रिय शोकको घोषणा गरेका थिए ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  ७ : १२ बजे

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

चितवन– गत वर्षको तुलनामा यो वर्ष यहाँको राष्ट्रिय निकुञ्जमा पर्यटकको

धनगढी–दीपायल द्रुतमार्ग : दुई पक्की पुल निर्माण

गोदावरी–धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउलेखण्डमा दुई वटा पक्की पुल निर्माण भएका छन्

दर्शक रोएकै फिल्म चले !

काठमाडौँ– पछिल्लो दशक हेर्ने हो भने १० प्रतिशत नेपाली फिल्मले

सेतो मच्छिन्द्रनाथ रथयात्राको तयारी सुरु (तस्बिरहरू) 

काठमाडौं– सेतो मच्छिन्द्रनाथ रथयात्रा का लागि रथ निर्माण कार्य सुरु भएको

प्रधानमन्त्री नेतन्याहूले भने- ‘म जिउँदै छु’, मृत्युको हल्ला झुटो

काठमाडौं- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सामाजिक सञ्जालमा फैलिएको आफ्नो मृत्युसम्बन्धी हल्लालाई अस्वीकार