निन्द्रा नलाग्नु अन्य रोगको संकेत « Khabarhub

निन्द्रा नलाग्नु अन्य रोगको संकेत

योगाले अनियन्त्रित निन्द्रालाई व्यवस्थित गर्छ


२३ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आजभोलि धेरै मान्छेहरू निन्द्रा नलाग्ने समस्याबाट पीडित भएका छन्। निन्द्रा नलाग्नुका विभिन्न कारणहरू हुनसक्छन्। जसमध्ये अत्यधिक तनाव या काममा प्रेसरका कारण पनि मानिसलाई राति पर्याप्त मात्रामा निन्द्रा नलाग्न सक्छ। निन्द्रा राम्रोसँग नलाग्दा धेरै समस्या उत्पन्न हुनसक्छ भने धेरै प्रकारका रोगको कारक पनि निन्द्रा बन्न सक्छ। निन्द्रा नलाग्दा मानिसमा इनसोमनिया अर्थात् (अनिन्द्रा) हुनसक्छ।

प्राथमिक र माध्यमिक गरेर अनिन्द्राका दुई प्रकार हुन्छन्। प्राथमिक अनिद्रामा कसैको निद्रामा भएको समस्या अन्य स्वास्थ्यका समस्यासँग जोडिएको छैन। भने त्यसलाई प्राथमिक अनिन्द्रा भनिन्छ।

माध्यमिक अनिद्रामा कसैको स्वास्थ्यमा दीर्घ रोग जस्तो: दम, डिप्रेसन, गठिया, क्यान्सर, वा छातीको जलनलगायत रोगका कारणले निन्द्रामा समस्या हुनसक्छन्। मदिराको सेवनले पनि अनिन्द्राको समस्या हुने चिकित्सकको भनाइ छ।

शरीरमा निन्द्रा पर्याप्त मात्रामा नपुग्दा टाउको दुख्ने, चक्कर आउने, वाकवाकी आउने, पेट दुख्ने र एकाग्रता नहुने तथा कुनै कुरामा निरन्तरता दिन मन नलाग्नेलगायत समस्या हुन सक्छ। एन्जाइटी, निराशा तथा कम रक्तचापमा पनि यसको सम्बन्ध रहेको हुन्छ।

हामीलाई निन्द्रा अति आवश्यक छ। तर, यसो भन्दैमा निदाउनकै लागि चक्कीको प्रयोग घातक हुनसक्छ। यस कारण निन्द्रा नलाग्ने समस्या भएमा प्राकृतिक रूपमै यसको समाधान गर्न सके यो सबैभन्दा उपयुक्त हुनसक्छ।

निन्द्रा नलाग्ने समस्याको उपचार
निन्द्रा लाग्न कसैलाई एक घण्टाको समय लाग्छ भने २० देखि ४० मिनेट दैनिक अभ्यास गर्ने, योगा, ध्यान गरेमा पनि समस्याको समाधान हुनसक्छ। हामीले दैनिक प्रयोग गर्ने मोबाइल व ल्यापटप जस्ता डिभाइसबाट निस्कने प्रकाशले समेत निन्द्रालाई प्रभाव पारेको हुन्छ। त्यसैले ओछ्यानमा जानु एक घण्टा अगाडि यस्ता डिभाइसबाट टाढा रहनुपर्छ।

– थकानयुक्त दिनपछि तातो पानीले नुहाउँदा तपाईँलाई रिल्याक्स मात्र होइन राम्रो निद्रा पनि पर्छ। सुत्नुभन्दा करिब दुई घण्टा पहिला तातोपानीले नुहाउँदा शरीरको तापक्रम पनि सामान्य अवस्थामा पुग्छ र तपाईंलाई निद्रा लाग्छ।

– तातो दूधमा मह मिलाएर पिउनाले राम्रो निद्रा लाग्ने गरेको छ। दूधमा अमीनो एसिड ट्रिप्टोफ्यान पाइन्छ जो प्राकृतिक तरिकाले व्यक्तिलाई शान्ति तथा विश्रामको अनुभूति गराउने गर्छ।

– गहिरो श्वासको अभ्यास तथा योगाले हाम्रो अनियन्त्रित निन्द्रालाई व्यवस्थित बनाउन सक्छ। हरेक दिन एउटै समयमा ओछ्यानमा जाने तथा एउटै समयमा उठ्ने बानी उपयुक्त ठहरिएको छ। कार्यालय बिदा छ भने पनि त्यस दिनमा पनि सुत्ने र उठ्ने रुटिन भने एकैनास हुनु आवश्यक हुन्छ। किनकी हाम्रो शरीरले नै रुटिनको आवश्यकता महसुस गरेको हुन्छ।

राति सुत्ने बेला गर्न नहुने काम
– राति सुत्ने बेलामा धेरै पानी नपिउने,
– खाना खाने बित्तीकै नसुत्ने,
-सुत्नुभन्दा पहिला रक्सीको सेवन नगर्नुहोस्।
– रातिको समयमा सधैं सामान्य खालको र कम खाना खानुहोस्। (विभिन्न क्षेत्रका विज्ञ चिकित्सकको कुराकानीमा आधारित)

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलबार  ७ : १२ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक