राज्यका निकायमा महिलाको सहभागिता बढेको छ : सभामुख घिमिरे | Khabarhub Khabarhub

राज्यका निकायमा महिलाको सहभागिता बढेको छ : सभामुख घिमिरे


२३ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सभामुख देवराज घिमिरेले संविधानसभाबाट जारी नेपालको संविधानले व्यवस्था गरेको प्रावधानका कारण राज्यका प्रमुख अङ्गमा महिला सहभागिता सुनिश्चित हुँदै गएको बताएका छन्।

सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले संवैधानिक प्रावधानले कम्तीमा ३३ प्रतिशत महिला प्रतिनिधि कानुन बनाउने तहसम्म पुगेको उल्लेख गरे ।

सभामुख घिमिरेले महिला अधिकारका लागि अझै धेरै काम गर्नुपर्ने आवश्यकता रहेको बताउँदै आर्थिक उन्नतिका लागि प्राकृतिक स्रोतसाधनको दिगो व्यवस्थापन र परिचालन गर्नुपर्नेमा जोड दिए। उनले वन, वातावरण संरक्षण र सम्बद्र्धनका लागि अभाव भएका कानुन बनाउन, भएका कानुन कार्यान्वयन गर्न र यस क्षेत्रमा देखा परेको चुनौतीको सामना गर्न सम्बन्धित सबैले आफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

कार्यक्रममा महासङ्घका अध्यक्ष भारती पाठकले महासङ्घले महिलाको नेतृत्व विकासका लागि ठूलो भूमिका खेलेको बताउँदै आगामी दिनमा महिलाको आर्थिक आत्मनिर्भरताका क्षेत्रमा काम गर्नुपर्ने आवश्यकता औँल्याइन् । महासङ्घका महासचिव विर्षबहादुर शाही, सचिव ठाकुर भण्डारी, कार्यकारी निर्देशक डा सीता अर्यालले महासङ्घका गतिविधिमाथि प्रकाश पारेका थिए । कार्यक्रममा महासङ्घमा विगतमा रहेर काम गरेका हाल प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सदस्यलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलबार  ११ : ५९ बजे

औषधि मूल्य समायोजन प्रतिवेदन सार्वजनिक नहुँदै व्यवसायी आन्दोलित, आफ्नो मात्र हित नहेर्न आग्रह 

औषधीको मूल्य नीति सुझाव समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बुझाइएको

ड्यालसमा महावाणिज्य दूतावास सञ्चालन प्रक्रिया अघि बढ्यो

टेक्सास– नेपाल सरकारले अमेरिकाको टेक्सास राज्यको ड्यालस सहरमा स्थापना गर्न

काठमाडौं र ओखलढुंगाबाट आठ लाख बढीको धनमाल चोरी

काठमाडौं‍– काठमाडौंको टोखा नगरपालिका-४ धापासी डेरा गरी बस्ने गोरखा आरूघाट गाउँपालिका-५ घर

विष्णु पौडेलको गुनासो- कुनै बेला एमालेले सिट्ठी फुकेको भरमा हजारौँ मानिस सडकमा आउँथे, अहिले देखिनै छाडे

काठमाडौं- नेकपा एमलेका उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले

मोदी-ट्रम्प फोनवार्ता : अपरेशन ‘सिन्दूर’देखि इजरायल-इरान युद्धबारे कुराकानी

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच