‘शान्ति सम्झौताको हस्ताक्षरकर्तालाई मुद्दा चलाउनु गम्भीर विषय’ « Khabarhub

‘शान्ति सम्झौताको हस्ताक्षरकर्तालाई मुद्दा चलाउनु गम्भीर विषय’


२३ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले शान्ति सम्झौताको हस्ताक्षरकर्तालाई मुद्दा चलाउने कुरा गम्भीर विषय भएको बताएका हुन् ।

११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा समाजवादी महिला संघले मंगलबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा भट्टराईले पछिल्लो समय वृहत शान्तिसम्झौता मर्मविपरीतका कार्यहरू भएको र शान्ति सम्झौताको हस्ताक्षरकर्ता प्रधानमन्त्री प्रचण्डलाई मुद्दा चलाउने कुरा गम्भीर विषय भएको बताएका हुन् । उनले आफूहरू अदालतको सम्मान गर्ने भन्दै शान्ति सम्झौता संविधानकै एउटा अङ्ग भएकाले द्वन्द्वकालीन मुद्दाहरूलाई आयोग मार्फत समाधान गर्नुपर्ने जिकिर गरे । 

द्वन्द्वकालीन मुद्दाहरूलाई निरुपण गर्न बिभिन्न आयोग बनेको अवस्थामा केही द्वन्द्वको खेती गर्ने र डलरवादीहरूले शान्तिप्रक्रियाका कामलाई पूर्णता दिन नदिएको उनले बताए । भट्टराईले अहिले संविधानमा रहेका महिला, लगायतका जनताका अधिकारहरूलाई उल्टाउनलाई गम्भीर प्रकृतिका षडयन्त्रहरु भइरहेको बताए ।

उनले बलिदानी पूर्वक  बनाएको नयाँ संविधानमा रहेका अधिकारहरूमा केही त्रुटि रहेकाले आगामी दिनमा सबैलाई समान अधिकार दिनका लागि संविधान संशोधन आवश्यक रहेको धारणा राखे । 

 

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलबार  ३ : २० बजे

इन्डोनेसियामा पहिरो : ७ जनाको मृत्यु, दर्जनौं बेपत्ता

एजेन्सी – इन्डोनेसियाको जाभामा आएको पहिरोमा कम्तीमा सात जनाको मृत्यु

ऊर्जा रूपान्तरणमा पोर्चुगलको ठुलो कदम

एजेन्सी – पोर्चुगलको ऊर्जा कम्पनी गाल्पले आफ्नो नयाँ हरित हाइड्रोजन

कर्णाली एमालेको संसदीय दलले भन्यो- राष्ट्रियसभामा संयुक्त उम्मेदवार जिताऔँँ

सुर्खेत- नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलले आगामी राष्ट्रियसभा निर्वाचनमा

कार्यकारी अध्यक्ष झाद्वारा रासस सेवाग्राहीसँग छलफल

सिरहा– राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सिरहास्थित

ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्धमा तनाव

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत केही दिनमा गरेका निर्णयहरूले