कालीगण्डकी करिडोरमा सुरुङ निर्माणको तयारी | Khabarhub Khabarhub

कालीगण्डकी करिडोरमा सुरुङ निर्माणको तयारी


२३ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालीगण्डकी करिडोरमा झण्डै तीन सय ६० मिटर लम्बाइको सुरुङ निर्माणका लागि अध्ययन अघि बढाइएको छ । म्याग्दीको भीरकाटे भन्ने ठाउँमा विगत केही वर्षदेखि वर्षाको समयमा सडक बाढीले बगाउने र अवरुद्ध हुने समस्या समाधानका लागि सुरुङ निर्माणका लागि अध्ययन अघि बढाइएको हो । 

सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा सो योजनालाई समेटेको छ । डिजाइनको अन्तिम काम भइरहेको र यसै साता प्रस्तुति हुने कालीगण्डकी करिडोर मालढुङ्गा-कोरला योजनाका प्रमुख जगत प्रजापतिले बताए । यो सातामा अन्तिम काम सकाएर र परामर्शदाताबाट प्रतिवेदन पाउने उनले जानकारी दिए। सरकारले अध्ययन गरेको र निर्माण पनि सरकारले गर्ने गरी योजना अघि बढाइएको छ । यो आवमा ठेक्कामा जाने गरी तयारी अघि बढाइएको छ । उनले भने , ‘अध्ययन प्रतिवेदन आएर फाइनल भएपछि विभाग हुँदै मन्त्रालय लगेर प्रतिवेदन स्वीकृत गर्नुपर्छ ।’

विगतमा अस्थायी सडक संरचना भएको ठाउँमा स्थायी सडकका लागि निर्माण गर्ने गरी योजना अघि बढाइएको हो । सो खण्डमा दुईतीन वर्षदेखि नियमित रुपमा वर्षामा बाढीपहिरोको समस्या आइरहेको थियो । भविष्यमा नदीमा बाढीपहिरो आउँदा सतह बढ्ने हुँदा यो सडकको विकल्प खोजिएको उनले बताए । उनले भने, ‘एक समयमा नदी हिँडेको ठाउँ भएकाले फेरि पनि दोहोरिनसक्छ ।’

पाँच वर्ष पहिले नै यसको प्रारम्भिक अध्ययन भएको र अहिले आएर यसलाई कार्यक्रमका रुपमा अघि बढाइएको योजनाले जनाएको छ । समग्र नेपालीबाट अध्ययन र लगानी पनि नेपालीबाट नै गर्ने गरी योजना अघि बढाइएको हो ।

 सो सुरुङको लम्बाइ झण्डै तीन सय ५० देखि तीन सय ६० मिटर हुने देखिएको छ । अध्ययन सकिएर आउँदा केही तलमाथि भए पनि सडकको लम्बाइको हाराहारीमा सुरुङको लम्बाइ हुने देखिएको छ । सुरुङ निर्माणका लागि सरकारले पर्याप्त बजेट विनियोजन गरेकाले समस्या नभएको प्रमुख प्रजापतिले बताए ।

चालु आवमा एक करोड २३ लाखको सिलिङ रहेको छ । यसको लागत रु ८० करोड हुनसक्ने अनुमान गरिएको छ । ठेक्कामा जाँदा त्यो लागत अझै कममा  हुने देखिएको छ । उनले भने, ‘कम लम्बाइको सुरुङ भएकाले सडक सुरक्षाका संरचना निर्माण गर्न नपर्ने र सडक बत्ती आवश्यक नहुने हुँदा लगानी लामा पुलको तुलनामा कम पर्नैछ ।’

यस किसिमको साना सुरुङ पहाडी सडकमा धेरै ठाउँमा आवश्यक रहेको योजना प्रमुख प्रजापतिले बताए । सडकमा मोड कम हुने र त्यसले गर्दा दुर्घटना हुने गरेकामा सुरुङ बनाउँदा सडक सुरक्षित हुने उनको भनाइ छ । निर्माणको अवधि कति हुन्छ भनी ‘डिजाइन’बाट थाहा हुने भए पनि दुई वर्ष लाग्ने अनुमान गरिएको उनले बताए। 

हाल सञ्चालनमा रहेको सडकभन्दा सुरुङ निर्माण भएर लम्बाइ कम भने नहुने उनले बताए । अहिलेको सडक स्थायी नभएको र वर्षामा बाढी आउँदा सडक नै नरहने हुँदा स्थायी सडकका रुपमा अहिले सुरुङ निर्माण गर्न लागिएको उनको भनाइ छ । भूबनोटका आधारमा अहिले सञ्चालनमा रहेको सडकले दीर्घकालीन रुपमा काम नगर्ने र अरु संरचना निर्माण गर्न पनि नसकिने देखिएकाले सुरुङको विकल्प रोजिएको उनले बताए । उनले भने, ‘सडक छोटो बनाउनेभन्दा सडक अस्थायीको सडकको स्थायी संरचना बनाइएको  हो ।’

विगतका वर्षमा यो सडक धेरै पटक मर्मत गरिएको थियो । सडकको सुरक्षाका लागि पर्खाल लगाइएको भए पनि वर्षामा लडेको योजना प्रमुख प्रजापतिले बताए। त्यसको मर्मतका लागि अर्को ठेक्का लगाइएको र त्यसका लागि एक करोड खर्च भएको थियो । उनले भने, ‘कालीगण्डकी नदी कुन समय कत्रो आउँछ थाहा हुँदैन र ठूलो आउँदा अहिलेको सडकको ठाउँबाटै नदी बग्नसक्ने अवस्था छ ।’

शाखा खोलाले पनि त्यसले बाढी र गेग्रान थुपार्दा पानीमाथि सडकमा आइपुग्ने गरेको उनले बताए। उनका अनुसार सुरुङ बनाएपछि जस्तोसुकै बाढी आए पनि सडक सधैँ सञ्चालनमा हुनसक्छ । सडकमा बढी क्षति हुने खण्डमा भने सुरुङ निर्माणका लागि तयारी अघि बढाइएको उत्तर-दक्षिण करिडोर आयोजना निर्देशनालयका प्रमुख श्यामबहादुर खड्काले बताए । भीरकाटे नदीले सडकको क्षेत्रमा क्षति गर्ने भएकाले सुरुङ निर्माणका लागि अध्ययन भइरहेको उनले बताए। 

सो क्षेत्रमा क्षति कम गर्नका लागि सुरुङको योजना बनाइएको हो । अहिले अध्ययनको क्रममा रहेको र त्यो छिट्टै सम्पन्न भएपछि निर्माणका लागि प्रक्रिया अघि बढाइने उनले बताए। उनका अनुसार सो सुरुङ इञ्जिनीयरिङ, प्रोक्युरमेन्ट एण्ड कस्ट्रक्सन (पिसी) मोडलमा अघि बढाइने गरी छलफल भइरहेको छ ।

–सञ्चिता घिमिरे रासस

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलबार  ३ : ३१ बजे

बारपाकमा देखिन छाडे परम्परागत ढुङ्गाका घर

गोरखा – प्राकृतिक सौन्दर्य र वीरताको गाथाले मात्र होइन बारपाकको

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल असोज २१ गते सोमबार सन्

चौथी तिथि वृद्धि : आज पनि कुष्माण्डा देवीको पूजा, आराधना गरिँदै

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज पनि आश्विन

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल असोज २१ गते सोमबार तदनुसार

आज २०८१ साल असोज २१ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल असोज २१ गते सोमबार तदनुसार