वैदेशिक रोजगार न्यायाधीकरणद्वारा संघका अध्यक्ष भण्डारीलाई ६ महिना कैदको फैसला | Khabarhub Khabarhub

वैदेशिक रोजगार न्यायाधीकरणद्वारा संघका अध्यक्ष भण्डारीलाई ६ महिना कैदको फैसला


२३ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीलाई ६ महिना कैद र १ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको छ । औरोरा ह्युमन रिसोर्स प्रालिका सञ्चालकसमेत रहेका भण्डारीलाई वैदेशिक रोजगार कसुरमा दोषी ठहर गर्दै वैदेशिक रोजगार न्यायाधिकरणले मंगलबार यो फैसला सुनाएको हो।

भण्डारीलाई दुबईस्थित रोजगारदाता कम्पनी ‘टिम फर्निचर’ को लट नं.९२३३३ बाट ११ जना कामदार पठाउन वैदेशिक रोजगार विभागबाट स्वीकृति प्राप्त गर्दा नक्कली कागजात पेश गरेको कसुरमा मुद्दा परेको थियो । उक्त कागजात खडा गर्नका लागि प्रेस सञ्चालक महर्जनको समेत संलग्नता भएको ठहर गर्दै न्यायाधिकरणले उनीहरूलाई दोषी किटान गरेको हो।

न्यायाधिकरणका अध्यक्ष रमेशकुमार खत्री र सदस्यहरू निशा बानियाँ र गोपीचन्द्र भट्टराईको इजलासले उनीहरूलाई दोषी ठहर गरेको हो।

 त्यसैगरी न्यायाधिकरणले यही मुद्दामा प्रेस सञ्चालक शेरबहादुर महर्जनलाई ३ महिना कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलबार  ४ : २४ बजे

आठ किलो लागुऔषध अफिमसहित दुईजना पक्राउ

रुकुमपश्चिम – रुकुम पश्चिममा आठ किलो एक सय ग्राम लागुऔषध

एक वर्षदेखि सम्पर्कविहीन विपिन जोशीको अवस्था अझै अज्ञात

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीका विपिन जोशी गत वर्ष

खोला किनारमा मानव कङ्काल फेला, चारजना प्रहरी नियन्त्रणमा

झापा – झापाको बाह्रदशी गाउँपालिका–७ स्थित बिरिङ खोलाको किनारमा गाडिएको

एनपीएल अक्सन : कुन फ्रेन्चाइजीले कुन–कुन खेलाडी किने ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सन सम्पन्न भएको छ

खुर्कोटमा बेलिबृज जडान सुरु

काठमाडौं – सुनकोशी नदीमा आएको बाढीले यही असोज १२ गते