वर्ल्ड र्‍याङ्किङ जि-२ बुल्गेरिया ओपन क्यारोगीकाे निर्णायकमा खड्का | Khabarhub Khabarhub

वर्ल्ड र्‍याङ्किङ जि-२ बुल्गेरिया ओपन क्यारोगीकाे निर्णायकमा खड्का


२३ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले वर्ल्ड र्‍याङ्किङ जि -२ बुल्गेरिया ओपन क्यारोगी प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका छन् ।

सो प्रतियोगिता बुल्गेरियाको सोफियामा मार्च ३ देखि ५ तारिखसम्म सम्पन्न भएको हो । अशोक दक्षिण एसियाबाट एक मात्र निर्णायकको रुपमा सो प्रतियोगितामा रहेका थिए । वर्ल्ड र्‍याङ्किङ जि २ क्यारोगीतर्फ अशोकले १९ फाइट खेलाए । जसमा तीन फाइनल र चार सेमिफाइनल छन् ।

खड्काले सोमबार राति पुम्सेतर्फका खेल पनि सञ्चालन गरेका थिए। उनी पुम्से विधाका समेत अन्तर्राष्ट्रिय निर्णायक हुन् । खड्का क्यारोगी, पुम्से र पारा तीन वटै विधाका नेपालका एक मात्र अन्तर्राष्ट्रिय निर्णायकसमेत रहेका छन् । क्यारोगीतर्फ अशोकलाई दोस्रो क्लासका अन्तर्राष्ट्रिय निर्णायकको मान्यता छ ।

गतवर्ष विश्व तेक्वान्दोमा निर्णायकको भूमिका निर्वाह गरिसकेका अशोकले हालसम्म २१ वटा अफिसियल अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गरिसकेका छन् । बेल्जियम ओपन, स्विडिस ओपन, अस्ट्रेलियन ओपन जस्ता वर्ल्ड र्याकिङ प्रतियोगितामा पनि सर्वश्रेष्ठ निर्णायक घोषित भइसकेका अशोक पारा रेफ्री कोर्स गर्ने नेपाली तेक्वान्दोकर्मीमध्ये एक हुन् ।

गतवर्ष युवा तथा खेलकुद मन्त्रालयले एक लाख पुरस्कारसहित ‘उत्कृष्ट रेफ्री’का रूपमा अशोकलाई सम्मान गरेको थियो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलबार  ५ : ४१ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर : बेलायती पाउण्डले १७१ नाघ्यो

काठमाडौं – आज २०८१ साल असार २२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल असार २२ गते शनिबार तदनुसार

पोर्चुगललाई हराउँदै फ्रान्स युरोकपको सेमिफाइनलमा

काठमाडौं – पोर्चुगललाई हराउँदै फ्रान्स युरो कपको सेमिफाइनलमा प्रवेश गरेको

आज २०८१ साल असार २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल असार २२ गते शनिबार तदनुसार

जर्मनीलाई हराउँदै स्पेन युरोकपको सेमिफाइनलमा

काठमाडौं – स्पेन १७ औँ संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश