गर्भावस्थामा वान्ता किन हुन्छ ? « Khabarhub

गर्भावस्थामा वान्ता किन हुन्छ ?


२४ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

सामान्यतया हामी गर्भावस्था भनेर शिशुको जीवन सुरुवात भएदेखि जन्म हुनु पूर्वको अवधिलाई भन्छौँ। गर्भावस्थामा आइरन–फोलिक एसिड चक्की र जुका मार्ने चक्की खानुपर्ने चिकित्सकले बताएका छन्। त्यसैले यसै सामान्य गर्भावस्थामा के के खाना खाने कसरी हेरचाह गर्ने ? महिलाले सुरुवाती अवस्थादेखि कसरी हेरचाह गर्ने ? लगायतका विषयमा आधारित भएर खबरहबका लागि गाइनोक्लोजिष्ट डा.सम्पदा मिश्रसँग गरिएको कुराकानीको सम्पादित अंशः

गर्भावस्थामा कस्ता समस्या देखा परेका छन् ?
सामान्यतया गर्भावस्थामा बान्ता हुने, तल्लो पेट दुख्ने, पिसाबमा इन्फेक्सन हुने रिँगटा लाग्ने हुन्छ। गर्भावस्थाको पहिलो तीन महिनासम्म महिलामा वाकवाकी लाग्ने समस्या लगातारजस्तै हुनसक्छ। तीन महिनापछि यो समस्या आफैं बन्द भएर जान्छ। गर्भावस्थामा शरीरमा रहेका हर्मनमा परिवर्तन आउने हुनाले यस्ता लक्षण देखिने हुन्छ। कोही महिलामा खान मन नलाग्ने पनि हुनसक्छ। कमजोरी हुने हुँदा गर्भ तुहिने खतरा पनि हुनसक्छ।

गर्भावस्थामा वान्ता किन हुन्छ ?
गर्भवस्थामा सामान्यतया दिनमा दुईदेखि चार पटक वान्त भयो भने सामान्य नै मान्ने गरिन्छ। तर त्यो भन्दा बढी भयो भने चिकित्सकको सल्लाह नै लिनुपर्छ। जसमा युरिन एसिटोनहरु हेरेर पोजेटिभ छ भने अस्पतालमा भर्ना गरेर औषधि खुवाउने र इन्जेक्सन लगाएर उपचार गरिन्छ। यो वान्ता हुने समस्या सामान्य हो भनेर बस्नु हुँदैन। धेरै वान्त भयो भने समस्या हुनसक्छ। कमजोरी भएर ढल्न सक्छ र जाँच गर्दा गर्भमा भएको शिशुमा असर देखिन सक्छ।

गर्भमा भएको बच्चा ठिक छ या छैन भनी घरमै थाहा पाउने उपायहरू के हुन् ?
गर्भमा बच्चा भएपछि त्यो बच्चा एक घण्टामा तीन पटक चल्नु पर्दछ। यसरी चल्यो भने बच्चा ठिक अवस्थामा छ भन्ने थाहा हुन्छ। कम्तीमा १८ देखि २२ हप्तासम्ममा बच्चा चलेको अनुभव हुन्छ। गर्भवती भएको १० औं हप्तामा बच्चाको मुटुको धड्कन सुन्न सकिन्छ।

गर्भावस्थामा आफ्नो ख्याल गर्ने तरिका के हुन् ?
सबै गर्भवतीले अनिवार्य रूपमा फोलिक एसिड खानुपर्छ। पछिल्लो समय महिलाहरू आफ्नो करियर र कामको व्यस्थता भन्दै ढिलो विवाह गर्ने चलन निकै बढेको छ। त्यसैले बच्चाको योजना बनाउनु पूर्व फोलिक एसिड खाएर योजना गर्दा अत्यन्तै राम्रो हुन्छ। एक पटक गर्भवती भएपछि सुगर, रक्तचाप, थाइराइड, पिसाबको जाँच, रगतको समूह जाँच अनिवार्य रूपमा गर्नुपर्छ। जसबाट आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो हुन्छ। गर्भमा शिशु बसेपछि समयमा अल्ट्रासाउन्ड गराउनुपर्छ। गर्भ बसेको १२ हप्तामा एन्टिस्क्यान गर्नुपर्छ। पहिलो बच्चा छ भने दुई पटक टिटानासको सुई लगाउने र दोस्रो बच्चा छ र ५ वर्ष भन्दा मुनिको छ भने एउटा टिटानासको सुई लगाउँदा पुग्छ।

गर्भावस्थामा कस्तो खाना खाने ?
अन्य समयमा जस्तै यो समयमा पनि स्वस्थ खाना र फलफूल तथा तरकारी खानुपर्छ। गर्भ अवस्थामा प्रशस्त पानी पिउने गर्नुपर्छ। सामान्य रुपमा दैनिक व्यायाम गर्नु राम्रो हुन्छ। यो समयमा सकेसम्म धेरै बेडरेस्ट गर्नु हुँदैन।
दैनिक सामान्य कामहरू गर्दा धेरै समस्या हुँदैन। माछा, मासु, अण्डा, बदाम तथा गेडागुडी जस्ता प्रोटिनयुक्त खानेकुरा खानुपर्छ। दूध तथा दहीजस्ता क्याल्सियमयुक्त खानेकुरा खानुपर्छ।

गर्भावस्थामा कस्तो खाना नखाने ?
यो समयमा बाहिरका खाना र धेरै चिल्लो पिरो खाने कुरा खानु हुँदैन। रक्सीयुक्त पेय पदार्थ, सुर्ती, चुरोट खाँदा स्वास्थ्यमा ठूलो असर हुने भएकाले यस्ता कुराबाट टाढै रहनुपर्छ। काँचो मासु तथा काँचो अण्डा नखानु राम्रो हुन्छ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ७ : ०१ बजे

भारतीय तीर्थयात्रीको मृत्यु भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन

गोरखा – सात भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको

के हो आइतबार आकाशमा देखिएको चम्किलो दृश्य ?

काठमाडौं – आइतबार साँझ नेपालका विभिन्न स्थानबाट आकाशमा देखिएको उज्यालो

साढे २२ करोड जरिवाना र ६ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंबाट एकजना फरार

पेट्रोल प्रतिलिटर १५ र डिजेल १० रुपैयाँले बढ्यो

काठमाडौँ – डिजेल र पेट्रोलको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय

नवनिर्वाचित सांसदलाई रास्वपाले अभिमुखीकरण तालिम दिने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका