‘उपनिर्वाचनमा दुई क्षेत्र एमालेले जित्छ’ « Khabarhub

‘उपनिर्वाचनमा दुई क्षेत्र एमालेले जित्छ’


२४ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

गत मंसिर ४ गते भएको आम निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा पराजित भएपछि एमाले नेता प्रदीप ज्ञवाली कम चर्चामा छन्। एमाले भित्र प्रभावशाली र निर्णायक नेताको रूपमा परिचित शालीन, भद्र र आफ्ना अभिव्यक्ति स्पष्ट राख्ने नेता हुन् ज्ञवाली। नेकपा एमालेले सञ्चालन गरेको मिसन ’ग्रासरुट’, प्रचण्ड सरकारको सय दिन र वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनसँग सम्बद्ध र अन्य पक्षका विषयमा आधारित भएर नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीसँग राजु थापाले गरेको कुराकानी सम्पादित अंश :

एमालेको ‘ग्रासरुट’ अभियान चैत मसान्तसम्म सञ्चालन गर्दैछ। यो अभियान कस्तो चलिरहेको छ ?
धेरै प्रभावकारी र उत्साहजनक ढंगबाट सञ्चालन भइरहेको छ। यो सञ्चालन भएको अलि लामो समय भएको कारण तल ग्रासरुटमा कार्य गर्न बेर भएकाले संगठन अलि भुत्तो भएको जस्तो लाग्छ। जनता र कार्यकर्ताको बीचमा सम्बन्ध पातलिएको थियो। त्यसको लागि यो कार्य सञ्चालनमा ल्याएको हो। हामी सम्पूर्ण पक्षको निम्ति जानको लागि यो मिसन प्रभावकारी भएको छ।

सत्तामा गएपछि जनतामा भएको पातलो सम्बन्धलाई पूर्ण नियन्त्रणमा ल्याउने मात्र हो कि यो मिसनको उद्देश्य के हो ?
मूल त एउटा उद्देश्य जनता तथा देशलाई समृद्धितर्फ लैजाने हो। जसमा पार्टी सुदृढीकरण र विस्तार अभियान नै रहेको हो। पार्टीको जग भनेको पार्टीको सदस्य हुन्। सदस्यता नवीकरण गर्ने, भएका सदस्य मिलाएर कार्यमा प्रेरित गर्ने, सबै विषयलाई मिलाएर निर्णयमा ल्याउने, नयाँ युवालाई प्रेरित गराउने, चुनावमा भएका असहयोगको लागि सल्लाह सुझाव माग्ने काम भएको छ। मुलुकमा राष्ट्रिय शक्ति कमजोर भएको छ त्यसको कारण बुझ्ने प्रयास गरेका छौं। नेकपा एमालेलाई बलियो बनाएर त्यस वरपर रहेका पार्टीलाई पनि बलियो बनाउने उद्देश्य हो। हाम्रो देशलाई बलियो शक्तिको खाँचो छ। लोकतन्त्रमाथि हमला हुनसक्ने सम्भावना रहेको छ। नेपालमा विभिन्न प्रकारका घटना र त्यसको बारेमा ध्यान दिन सक्नुपर्छ। सबै पार्टीमा पार्टीगत हिसाबले राम्रो-राम्रो दल तथा नेताहरू नै रहेको आवश्यक पर्छ। किन देश विकासमा अगाडि बढ्न नसकेको अवस्था छ ? कांग्रेसको नीति अनुसार तथा अन्य पार्टीको रूपमा देश चलाए पनि नीतिहीन, सिद्धान्तहीन र स्वार्थ केन्द्रित गठबन्धन बनेको छ। त्यही गठबन्धनले सरकार चलाएको हो। त्यो इतिहास लेख्नेहरूले लेख्लान्। तर त्यो दिन चाँडै आउँछ जस्तो मलाई लाग्छ। कुनै पनि तटस्थ मान्छेले नेपालको राजनीतिलाई हेर्यो भने सत्ता स्वार्थमा रुमलिएको एक राष्ट्र भनेर मात्र चिन्छन्।

सत्ता स्वार्थको लागि तपाईंहरूले हात हल्लाएको हो नि प्रचण्डको लागि, होइन र ?
२०७२ मा नयाँ राजनीति तरंग आएपछि हाम्रो विश्लेषणमा आन्दोलनको एउटा चरण पुरा भएको थियो। लोकतन्त्र निरन्तर परिमार्जन गर्ने र संविधान पनि संशोधन हुँदै जाला तर अधिकार र लोकतन्त्र प्रतिको हाम्रो लडाइँ त्यही टुङ्गियो। यो लोकतन्त्र र अधिकारको जडमा उभिएर डेलिभरी दिन सकिएन भने जनतामा के कस्ता सोच पैदा हुन्छ ? त्यो हामी नियाल्न मात्र सक्छौँ। सत्ता स्वार्थको लागि हामी केही कार्य गर्ने वालामा रहेका छैनौँ। हाम्रो मुलुकको आर्थिक स्थिति धेरै नाजुक रहेको छ।

तपाईंहरू मात्रै पानी माथिको ओभानु किन बन्न खोज्नु हुन्छ, जनतालाई निराश त सबै दलले बनाएका होइनन् ?
सत्य कुरा अगाडि लैजानुपर्छ। सबै पार्टीलाई एउटै डालोमा राख्न मिल्दैन। जनादेश आएपछि हामी सकारात्मक रूपमा कार्यमा लागेको हौं। कुनै पार्टीको पनि सकारात्मक स्थिति नरहेको अवस्था छ। त्यसमा सबैको समझदारीमा कार्य लिएर अगाडि बढ्ने हो भने नेपाल अहिले यो अवस्थामा रहने थिएन।

राजनीतिक दलले आफ्नो कमजोरी सुधार्न अझ पनि किन नचाहने रहेछन् ?
हाम्रो पार्टीको आन्तरिक कुरा भएको कारण के के मिसनहरू तोकिएको छ र के कस्ता काम भएका छन्। त्यसको बारेमा हामीले जानकार भएर अगाडि बढ्ने सोच बनाएको हो। कमी कमजोरीलाई सुधार्न पनि खोजिरहेका छौँ। अन्य पार्टीको सल्लाह सुझाव हामीले लिने गरेका छौं। जहाँ कमजोरी भएको छ त्यहाँ आत्मालोचना नगर्ने कुरा नै भएन। सबै पार्टी, सबै संसद्, सबै नेता एक हो जस्तो मलाई लाग्छ।

नेकपा एमालेले यो जुन अभियान गर्दैछ नेकपा (एमाले) प्रतिपक्षमा हुँदा रचनात्मक भन्दा पनि आन्दोलित हुने देखिन्छ। त्यसलाई तपाईं के भन्नु हुन्छ ?
त्यो बेकारको कुरा हो। सरकारले गरेका राम्रा काम यदि गर्‍यो भने त्यसका निम्ति विरोधका निम्ति विरोध गर्ने खासै कारण म देख्दिन। जब देश र जनताको अहितमा काम हुन्छन् हामीले त्यसको सशक्त प्रतिवाद गर्नु नितान्त आवश्यक रहेको छ। त्यो हामी पालना गर्छौँ। यो देशको कानुन तथा राजनीति नै स्थिर छैन, अनि देशको विकास कहाँ र कसरी हुन्छ ?

राजनीतिक दल आपसमा मिलेर काम गर्ने सरकारको नीति नियमको पालना गर्ने जस्ता कार्यमा किन पार्टी मिलेर जाँदैनन् ?
सत्तामा रहेर नेपालको इतिहासमा नाकाबन्दी जस्ता कार्यको निर्मूल गर्न चाहेको हो। नेताहरू तथा पार्टी मिलेर देशको विकासको लागि अति नै सकारात्मक कार्यमा अगाडि बढेका उदाहरण छन्। तर सबै दलले देशको हित मात्र सोच्नुपर्छ।

वैशाख १० गतेको उपनिर्वाचनमा तीन वटै क्षेत्रमा तपाईंहरूले उमेदवारी दिनु भएको छ। कस्तो परिणामको आशा गर्नुभएको छ ?
न्यूनतम दुई क्षेत्रमा हामीले जित्छौँ। नेपाली कांग्रेसले एक्लै प्रतिस्पर्धा गर्ने ल्यागत नै गुमाएको छ। कांग्रेसको अवस्था कस्तो छ भने ५० जना पढ्ने क्याम्पसमा स्ववियुको चुनाव हुँदा समेत उसले गठबन्धन नगरी स्ववियु फेस गर्न सक्दैन। यसमा दुःख लाग्छ कांग्रेस बलियो होस भन्ने लाग्छ। तर त्यो भएन।  (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता)

प्रस्तुति: कुसुम गौतम

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ११ : ४४ बजे

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ

७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची

काठमाडौं – अमेरिकाले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा बन्द

मकरस्नानमा आउने भक्तजनलाई कालीगण्डकीमा निःशुल्क डुङ्गा

नवलपरासी– पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको

थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

थाइल्यान्ड – थाइल्यान्डमा चीन समर्थित उच्च गतिको रेल परियोजनामा बुधबार