नवलपुरका कृषक चैतेधान खेतीतर्फ आकर्षित « Khabarhub

नवलपुरका कृषक चैतेधान खेतीतर्फ आकर्षित


२४ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का कृषक चैतेधान खेतीतर्फ आकर्षित भएका छन् । यसले खेती गर्ने क्षेत्रफल बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

आर्थिक वर्ष २०७८-७९ मा जिल्लामा एक हजार २०० हेक्टर क्षेत्रफलमा चैते धान लगाइएकामा चालू आर्थिक वर्ष २०७९-८० मा क्षेत्रफल विस्तार भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी शंकर पौडेलले बताए। उनले भने, ‘यस वर्ष करिब २२ हेक्टर क्षेत्रफल बढेको छ ।’

हिउँदे वर्षा नहुँदा चैते धान खेती गर्ने क्षेत्रफल अझ बढ्न नसकेको उनको भनाइ छ । गत वर्ष छ हजार एक सय २३ मेट्रिकटन धान उत्पादन भएको थियो । यस वर्ष छ हजार एक सय ७१ मेट्रिक टन उत्पादन हुने अनुमान छ । ‘चैतेधान खेती प्रवर्द्धन गर्न केन्द्रले ब्लक क्षेत्र, स्थानीय तहबाट पकेट क्षेत्र कार्यक्रम लागू हुँदै आएको छ’, उनले भने, ‘चैतेधान लगाउने कृषकलाई सिँचाइ, मल तथा बीउमा अनुदान उपलब्ध गराइने भएकाले पनि कृषकको आकर्षण बढेको हो ।’ बर्खेधानको भन्दा चैतेको उत्पादन बढी हुने भएकाले कृषक यो खेतीमा आकर्षित भएको पौडेलको भनाइ छ । 

केन्द्रले जिल्लाको गैँडाकोट नगरपालिका वडा नं ११, कावासोती नगरपालिका वडा नं १२, १३, १४ र १७ मा चैतेधानको ब्लक कार्यक्रम लागू गर्दै अनुदान दिँदै आएको थियो । ‘केन्द्रले लागू गरेको ब्लक कार्यक्रम दुई वर्षसम्म रहन्छ, यस वर्ष कार्यक्रम कावासोतीको १४ नम्बर वडामा मात्रै छ’, उनले भने, ‘ब्लक लागू भएका ठाउँमा सिँचाइ सुविधा उपलब्ध भइसकेकाले अन्य ठाउँमा कार्यक्रम सञ्चालन गर्नेबारे योजना निर्माण भइरहेको छ ।’ वर्णशंकर जातका धानको गुणस्तर बढेकाले पनि कृषक चैतेधान खेतीमा आकर्षित हुनेक्रम बढ्दो छ । 

‘चैतेधान बिक्रीमा त्यति समस्या छैन, चिउरा बनाउन तथा खानसमेत चैतेधान प्रयोग हुन्छ’, उनले भने, ‘चैतेधान काट्ने बेलामा बर्सेनि पानी पर्ने भएकाले धान सुकाउने मेसिन अभाव हुँदा कृषकले केही क्षति भने व्यहोर्नु परेको छ ।’ जिल्लामा चैतेधानको रुपमा चैते–५, टाइचिन, हर्दिनाथ–१ र स्थानीय जातका धानको बीउ लगाउने गरिएको छ । जिल्लाको कावासोती, गैँडाकोट, मध्यबिन्दु, विनयी त्रिवेणीका साथै बुलिङटार गाउँपालिकाको बेँसी क्षेत्रमा चैतेधानको उत्पादन हुन्छ । 

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ११ : ५६ बजे

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौं–  स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको

वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

वीरगञ्ज – वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा

७५० केजी गाँजासहित दुई जना पक्राउ

उदयपुर– उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा पर्ने मदन भण्डारी सडकबाट ७५०

थाइल्यान्ड र क्याम्बोडियाबीच शान्ति सम्झौता

एजेन्सी– थाइल्यान्ड र क्याम्बोडियाले शनिबार तत्काल युद्धविराममा सहमति जनाएका छन्

गोरु पाल्ने किसानलाई बिहादी गाउँपालिको अनुदान

पर्वत– जिल्लाको बिहादी गाउँपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान प्रदान