सुन्दरबजारमा ३३ प्रतिशत योजना सम्पन्न « Khabarhub

सुन्दरबजारमा ३३ प्रतिशत योजना सम्पन्न


२४ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङको सुन्दरबजार नगरपालिकामा चालु आर्थिक वर्ष भित्र कार्यान्वयन हुने गरी सम्झौता भएका योजना मध्ये करिब ३३ प्रतिशत योजना मात्र सम्पन्न भएका छन् । चालु आर्थिक वर्ष २०७९-०८० मा उपभोक्ता समितिमार्फत सञ्चालन हुने गरी वडा वडामा छनौट भएका योजना मध्ये ३३ प्रतिशतले भुक्तानी लिइसकेको योजना शाखाका प्रमुख ऋषिराम पौडेलले बताए । नगरपालिकामा वडागत योजना मध्ये १ सय ५० योजना सम्झौता भएकोमा हालसम्म ३२ दशमलब ९० प्रतिशत अर्थात् ४९ योजना मात्र सम्पन्न भई भुक्तानी लिइसकेका छन् ।

 नगरपालिकाका ११ वडामा चालु वर्षभित्र सम्पन्न हुनेगरि सम्झौता भएका योजनामा सबैभन्दा धेरै वडा नंं। १ र ६ मा २२-२२ वटा योजना रहेका छन् । ती मध्ये १ मा १० वटा र वडा नंं ६ मा ६ वटा योजना सम्पन्न भई भुक्तानी समेत गरिएको नगरपालिका योजना शाखाले जनाएको छ । त्यस्तै वडा नं। ९ मा १९ योजना सम्झौता भएकोमा ११ वटा फछर्यौट भइसकेको छ । वडा नं ७ र १० मा हालसम्म कुनै पनि योजना सम्पन्न नभएको योजना योजना शाखाले जनाएको छ ।

सोबाहेक वडा नंं २ मा चार, ३ मा चार, ४ मा तीन, ५ मा छ, ८ मा चार र वडा नंं ११ मा छ वटा योजना सम्पन्न भई भुक्तानी समेत लिइसकेको बताइएको छ । त्यस्तै वडा नंं ७ र ९ को साझा एक योजना पनि फर्छ्यौट भएको छ । योजना शाखाका अनुसार हालसम्म सम्झौता भएका योजनामध्ये ९ वटा योजना भुक्तानी प्रक्रियामा रहेको र ८८ योजना कार्यान्वयनको चरणमा रहेका छन् ।

नगरपालिकाले योजना सम्झौताको अन्तिम मिति यही चैत २५ गते सम्मलाई तोकेको छ । यसअघि सम्झौता भएका तथा अव सम्झौता हुने योजनाहरू आगामी जेठ मसान्तसम्म कार्यान्वयन गरिसक्नुपर्ने समयसीमा तोकिएको छ ।

आर्थिक वर्षको अन्त्यसम्म पुग्दा आयोजनाहरू राम्रो नहुने भन्दै आधिकांश स्थानीय तहले चैत मसान्तभित्रमा सबै योजना सम्पन्न गर्ने समयसीमा तोकेका छन् । तर चैत सकिनै लाग्दा पालिकाहरूमा ५० प्रतिशत पनि योजना सम्पन्न नहुदाँ विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि असार मसान्तमा हतार हतार काम गरी भुक्तानीका लागि चटारो हुने देखिएको बताइन्छ ।

 असार १५ गते भित्रमा सम्झौता भएका सबै योजना सम्पन्न गरी भुक्तानी लिइसक्नुपर्ने प्रावधान रहेकोले कार्यान्वयनको चरणमा रहेको योजनाहरूको काम समयमै सम्पन्न गर्न नगरपालिकाले ताकेता गर्दै आएको योजना शाखाले जनाएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  १२ : ३४ बजे

वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

वीरगञ्ज – वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा

७५० केजी गाँजासहित दुई जना पक्राउ

उदयपुर– उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा पर्ने मदन भण्डारी सडकबाट ७५०

थाइल्यान्ड र क्याम्बोडियाबीच शान्ति सम्झौता

एजेन्सी– थाइल्यान्ड र क्याम्बोडियाले शनिबार तत्काल युद्धविराममा सहमति जनाएका छन्

गोरु पाल्ने किसानलाई बिहादी गाउँपालिको अनुदान

पर्वत– जिल्लाको बिहादी गाउँपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान प्रदान

रास्वपासँग सहमति नभए ज्वागलमै खुल्ने बालेनको ‘देश विकास पार्टी’ कार्यालय

ललितपुर – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ राजनीतिक दल