शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गस्ती गर्न हात्तीको अभाव « Khabarhub

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गस्ती गर्न हात्तीको अभाव


२४ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पछिल्ला वर्षमा वन्यजन्तुको सुरक्षार्थ गरिने गस्तीलाई हात्तीको अभाव रहने गरेको छ ।

विश्वमै दुर्लभ बाह्रसिङ्गेको प्रमुख बासस्थान शुक्लाफाँटामा ३६ पाटेबाघ, १७ वटा गैँडालगायत चराचुरुङ्गीका साथै वन्यजन्तुको महत्वपूर्ण बासस्थान हो । भारतसितसमेत जोडिएको शुक्लाफाँटामा लामो समयदेखि सडक सञ्जालको पहुँच नभएको र तालतलैया भएको संवेदनशील क्षेत्रमा हात्तीको सहारामा निकुञ्ज कर्मचारी र निकुञ्ज सुरक्षार्थ खटिएको सेनाले गस्ती गर्ने गरेको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका रेञ्जर प्रयास केसीले शुक्लाफाँटामा १० वटा हात्तीको दरबन्दी रहे पनि अहिले एउटा छावासहित सात वटामात्रै रहेको बताए । “अहिले छ वटा हात्तीबाट निकुञ्जमा गस्ती भइरहेको छ”, रेञ्जर केसीले भने, “हात्ती माग गर्दा गर्दा मुस्किलले तीन महिनाअघि चितवनबाट यहाँ एउटा पोथी र अर्को बच्चा हात्ती ल्याइएको हो ।”

यहाँ निकुञ्जभित्र पश्चिम सेक्टरमा हात्तीबाट गस्तीलगायत वन्यजन्तु सुरक्षामा जोड दिइएको भए पनि पूर्व अर्जुनी सेक्टरमा भने कर्मचारी र सैनिक जनशक्ति परिचालित छ । “हात्तीकैै अभावले केही पर्दा मात्रै पूर्वी सेक्टरमा हात्ती पठाउने गरेका छौँ”, केसीले भने, “निकुञ्जलाई १५ देखि २० वटा हात्ती आवश्यक छ ।”

उनले हरेक दुई–तीन महिनामा राष्ट्रिय निकुञ्ज तथा निकुञ्ज संरक्षण विभागमा हात्तीको मागसहित पत्राचार गर्दै आएको बताए । यहाँ निकुञ्जभित्र पिपरिया, शुक्ला र मालुमेला गरी तीनवटा स्थानमा हात्तीसार छन् । एउटा हात्ती गस्ती लैजानेदेखि स्याहारसम्म गरेर माहुत, पछुवा र फणित गरेर तीन कर्मचारी खटिने गरेको केसीको भनाइ छ ।

“सातवटा हात्तीमा अहिले २१ जना कर्मचारी खटिएका छन्”, उनले भने । हात्ती अभावले यहाँ आउने पर्यटकलाई हात्तीबाट अवलोकन भ्रमण गराउन सकिएको छैन ।

“पर्याप्त हात्ती भए पर्यापर्यटनलाई पनि सहज हुन्थ्यो”, केसीले भने, “गस्तीकै लागि हात्ती पु¥याउन नसकिएको अवस्था छ ।” निकुञ्ज कार्यालयका अनुसार केही वर्षयता मात्रै बूढो भएर दुईवटा हात्तीको मृत्यु भइसकेको छ । “शुक्लाफाँटामै जन्मिएको हात्ती ‘नारायणप्रसाद’ हो”, उनले भने, “नारायणप्रसाद अहिले १५ वर्षको भइसक्यो ।” विसं २०२६ मा सिकार आरक्षका रूपमा स्थापना भएको शुक्लाफाँटा २०७३ साल फागुनमा राष्ट्रिय निकुञ्ज घोषणा भएको थियो ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  १ : २५ बजे

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका