भक्तपुरको बिस्केट जात्रा तयारीबारे अनुगमन « Khabarhub

भक्तपुरको बिस्केट जात्रा तयारीबारे अनुगमन


२४ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको तयारीबारेमा जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा अनुगमन गरिएको छ ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको नेतृत्व, सहायक प्रजिअ माधवप्रसाद शर्मा, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, गुठी संस्थान भक्तपुरकी प्रमुख खिमा वली, जात्रा व्यवस्थापन समितिका प्रतिनिधिलगायत जात्रासँग सम्बन्धित सरोकारवाला व्यक्तित्वहरूको सहभागितामा अनुगमन गरिएको हो ।

अनुगमनमा जात्राका लागि भैरव, भद्रकालीको रथ निर्माणको अवस्था, जात्राका लागि आवश्यक सामग्रीको अवस्था, लिङ्गो उठाउने ठाउँ ल्यासिंखेल र लिङ्गोको अवस्था, जात्राको तयारी एवं जात्राको रुटको अवस्थाका बारेमा अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रजिअ एवं सूचना अधिकारी माधवप्रसाद शर्माले जानकारी दिए ।

जात्रा सञ्चालनका रुटमा रहेका निर्माण सामग्री हटाउन, जात्राको रूटमा रहेका विभिन्न इन्टरनेट तथा केबुल टिभीका लत्रिएका तार व्यवस्थित गर्न, जात्रा अवधिभर विद्युत् आपूर्ति नरोक्न, जात्रा अवधिभर खानेपानीको वितरण नियमित गर्न, अस्पताललाई तयारी अवस्थामा रहन, सिसी क्यामरा व्यवस्थित गर्न सरोकारवाला सबैलाई निर्देशन दिएको उनले जानकारी दिए । यस वर्ष ढुङ्गा नहानी जात्रालाई शान्तिपूर्ण रूपमा हर्षोल्लासका साथ सम्पन्न गर्न र गराउन आवश्यक तयारी गरिएको उनले जानकारी दिए ।

मध्यपुरथिमि नगरपालिकाले पनि तीन दिन भव्य रूपमा मनाइने जात्रालाई शान्तिपूर्ण र व्यवस्थित गर्न सरोकारवाला निकायसँग छलफल गरेको छ ।

नगरपालिकामा आयोजना गरिएको कार्यक्रममा नगरप्रमुख सुरेन्द्र श्रेष्ठले जात्रा अवधिभर खानेपानी र विद्युत्को आपूर्ति नियमित हुने व्यवस्था गर्न सम्बन्धित कार्यालयका प्रमुखहरूलाई कार्यक्रममै आग्रह गरेका छन् ।

त्यस्तै इन्टरनेट कम्पनीका अव्यवस्थित तारले जात्रालाई अवरोध पुर्‍याउने र जात्रामा हुने रथहरूको छत्र नै बिगार्दा लाखौँको नोक्सान हुने भएकाले तत्काल त्यस्ता तार व्यवस्थापन गर्न इन्टरनेट तथा केबुल नेटवर्कका सञ्चालकलाई निर्देशन दिएका छन् ।

टोलटोलका खम्बामा जेलिएका तारले नगरलाई कुरूप बनाएको, पैदलयात्री र मोटरसाइकल तारमा अल्झेर दुर्घटनामा परेको र जात्रालाई यस्ता तारले अवरोध पुर्‍याएको भन्दै उनले दीर्घकालीनरूपमा समाधान हुने गरी तार व्यवस्थापन गर्न आह्वान गरे ।

तार हटाउनका लागि नगरपालिकाको संयोजनमा विभिन्न केवुल, इन्टरनेट र दूरसञ्चार प्रदायक कम्पनी, विद्युत् प्राधिकरणसहितको टोली गठन गरिएको नगरप्रमुख श्रेष्ठले बताए । टोलीले भने आजैबाट तार हटाउन थालेको छ ।

नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठले जात्रालाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन र तीन दिन, तीन रातसम्म खटमा हुने देवताका मूर्तिमा रहने बहुमूल्य गहनाको सुरक्षाका लागि सुरक्षा निकायले व्यवस्थापन गर्न आग्रह गरेको बताए ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  २ : १३ बजे

बालबालिकामा देखिने क्यान्सर समयमै उपचार गरे निको हुने सम्भावना उच्च : डब्लुएचओ नेपाल

काठमाडौं-बालबालिकामा हुने क्यान्सर समयमै पहिचान गरी उपचार गर्न सके निको

ललितपुरमा नेशनल चेष्ट सेन्टर सञ्चालनमा 

काठमाडौं– ललितपुर महानगरपालिका–१३, मानभवनमा श्वासप्रश्वास सम्बन्धी रोगको विशेषज्ञ उपचारका लागि

अफगानिस्तानमा दुई सडक दुर्घटना : ६ जनाको मृत्यु, १४ घाइते

काबुल– अफगानिस्तानको पूर्वी प्रान्त गजनीमा शनिबार राति भएको दुई वटा

१३२ केभी प्रसारण लाइनको आजदेखि परीक्षण सुरु

गुल्मी– नेपाल विद्युत् प्राधिकरणद्वारा गुल्मी सदरमुकाम तम्घासबाट बुर्तिबाङसम्म निर्माण सम्पन्न

ऐरीको अर्धशतक, नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं – आईसीसी विश्वकप अन्तर्गत आइतबारको खेलमा वेस्ट अलराउन्डर दीपेन्द्रसिंह