अमेरिकाको टेनेसी राज्यमा बन्दुक हिंसा नियन्त्रणको माग गर्दै विरोधमा उत्रिने दुई सांसद् निष्काशित « Khabarhub

अमेरिकाको टेनेसी राज्यमा बन्दुक हिंसा नियन्त्रणको माग गर्दै विरोधमा उत्रिने दुई सांसद् निष्काशित


२४ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  बन्दुक हिंसा नियन्त्रणको माग गर्दै विरोधमा उत्रिएका अमेरिकाको टेनेसी राज्यका दुई जना सांसद् निष्काशनमा परेका छन् ।

राज्यका रिपब्लिकन सांसदले उनीहरूलाई निष्काशन गर्नेसम्बन्धी प्रस्तावलाई झिनो मतले स्वीकृत गरेपछि दुई जना डेमेक्र्याटिक सांसद निष्काशनमा परेका हुन् । सोही दलका अर्का एक जना सांसद भने निष्काशनबाट जोगिएका छन् ।

हालै न्यासभिलस्थित एक प्राथमिक विद्यालयमा भएको गोलीकाण्डको प्रतिवाद गर्दै बन्दुक नियन्त्रण हुनुपर्ने आवाज उठाएका अश्वेत सांसद निष्काशनमा परेका हुन् । उनीहरूसँगै आवाज उठाएकी एक जना श्वेत सांसद भने निष्काशनबाट बचेकी हुन् । उनी एक मतले निष्काशनबाट जोगिएकी हुन् ।

निष्काशनमा परेका सांसदद्वयले आफूहरू राजनीतिक प्रतिशोधको शिकार भएको आरोप लगाएका छन् । गम्भीर दुर्व्यवहारको आरोप लागेका सांसदलाई सजाय दिन आरक्षित कानुनलाई राजनीतिक हतियारको रुपमा प्रयोग गरेर आफूहरूलाई निष्काशन गरिएको उनीहरूको दाबी छ ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ३ : ०५ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल