फाइल तस्वीर

राजनीति

सहकारीले आम मानिसको हितमा काम गर्नुपर्छ : अध्यक्ष नेपाल

By खबरहब

April 07, 2023

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सहकारी क्षेत्र सहभागितामूलक लोकतन्त्रको एउटा रूप भएको बताएका छन् ।

समाजवादी सहकारी सङ्गठन नेपालद्वारा आज आयोजित कार्यक्रममा उनले सहकारीले आम मानिसको हितमा काम गर्नुपर्ने बताए । उनले मिश्रित अर्थतन्त्रका मान्यताअनुरूप सहकारी निजी र राज्य सम्मिलित तीनखम्बे अर्थतन्त्रलाई संविधानले पनि अगाडि सारेको बताएका छन् ।

समाजमा छरिएका स–साना पुँजीलाई एकीकृत गरी ठूलो लगानीका लागि सहकारीले वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

अध्यक्ष नेपालले अहिले मिटरब्याज पीडितहरूको अवस्था विकराल भएकोमा चिन्ता व्यक्त गरेका छन् ।

उनले सरकारले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा यसलाई पनि सम्बोधन गरिएको बताएका छन् ।