भारतीय नौसैनिक युद्धपोतमा योग कक्षा सञ्चालन « Khabarhub

भारतीय नौसैनिक युद्धपोतमा योग कक्षा सञ्चालन


२४ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ओमनमा रहेको भारतीय दूतावासले नौसैनिक युद्धपोतमा योग कक्षा सञ्चालन गरेको छ । राजधानी मुस्काटको बन्दरगाहमा आइपुगेको आईएनएस तेग युद्धपोतमा भारतीय दूतावासले योग कक्षा सञ्चालन गरेको हो ।

सकारात्मक सञ्चारको प्रवाह गर्न एवम् साँस्कृतिक आदान प्रदानका लागि योग कक्षा सञ्चालन गरिएको ओमनस्थित भारतीय दूतावासले जनाएको छ ।

योग कक्षाले युद्धपोतमा रहेका चालक दलका सदस्यको मानसिक स्वास्थ्य सुधार हुने र उनीहरुलाई पुनर्ताजगी प्रदान गर्ने दूतावासले उल्लेख गरेको छ ।

हालै भारत र ओमनले प्रतिआतंकवादका विषयमा रणनीतिक वार्ता गरेका छन् । यस वार्तामा आतंकवादी दुष्प्रचार र अत्याधुनिक प्रविधिमा आतंकवादीको पहुँचलाई रोक्ने विषयमा छलफल भएको भारतीय समाचार संस्था एएनआईले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ४ : ५८ बजे

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौं– चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन

कास्कीमा कांग्रेस महाधिवेशनको रौनक (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत कास्की निर्वाचन क्षेत्र नम्बर–३

किसान सूचीकरणमा तीन लाख किसान थपिए

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीको पहलपछि पछिल्लो समय

प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी

लन्डन- बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले मङ्गलबार आफ्नो लेबर पार्टीको वार्षिक