लगानीमैत्री वातावरण बनाउन एनआरएनएको माग « Khabarhub

लगानीमैत्री वातावरण बनाउन एनआरएनएको माग


२४ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले सरकारसँग लगानीमैत्री वातावरण बनाउन माग गरेको छ । आज सिंहदरबारमा (एनआरएनए)का पदाधिकारीहरूले अर्थमन्त्री डा प्रकाशशरण महतसँग भेट गरी देशमा लगानीसम्बन्धी वातावरण बनाउन र नागरिकताको निरन्तरतालगायतका समस्या राखेका थिए ।

जवाफमा अर्थमन्त्री डा महतले देशमा लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताए । उनले भने, “नेपालमा अहिले लगानीको समस्या छ, सुरक्षित लगानीका लागि एनआरएनएको साथमा सरकार छ, सरकारले एनआरएनएलाई निराश हुने काम गर्दैन, लगानी गर्न चाहने साथी कुनै कारणबाट निरुत्साहित हुनुपर्दैन ।” लगानीमैत्री वातावरणमा समस्या भए आर्थिक ऐनमार्फत् सम्बोधन गरिने उहाँनको भनाइ थियो ।

सो अवसरमा अर्थमन्त्री डा महतले पछिल्ला घटनापछि नागरिकताका विषयमा जटिलता आएको स्मरण गर्दै एनआरएनएको नागरिकताको हकमा संविधानमा भएको व्यवस्थालाई छिटो कार्यान्वयनमा नल्याउँदा व्यवहारिक कठिनाइ भएको बताए ।

सोही क्रममा एनआरएनएका संस्थापक महासचिव भीम उदास, वर्तमान कोषाध्यक्ष कृष्ण तिमल्सिना, पूर्वउपाध्यक्ष रामेश्वर साह, सोनाम लामा र एनआरएनए युकेका पूर्वअध्यक्ष योगेन क्षेत्रीको पनि सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  १० : १३ बजे

शरणार्थी प्रकरण : अभियुक्त पक्षको बहस आजदेखि

काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा आजबाट अभियुक्त पक्षको बहस सुरु

किसमिस किन खाने ? यस्ता छन् फाइदाहरू

काठमाडौँ- किसमिसमा आइरन प्रचुर मात्रामा हुन्छ। जसले गर्दा  शरीरमा रगतको

ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै

काठमाडौँ– शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल

सय वर्षमा पहिलो पटक बेलायती शाही परिवार अदालतमा

लन्डन – बेलायतको शाही इतिहासको १०० वर्षमा पहिलो पटक राजकुमार

लिन्डाले सम्हालिन ट्विटरको सीईओको जिम्मेवारी

काठमाडौँ – लिन्डा याकारिनोले सामाजिक सञ्जाल कम्पनी ट्विटरको नयाँ सीईओको