मनास्लु पदमार्ग पार गर्ने क्रममा भरियाको मृत्यु | Khabarhub Khabarhub

मनास्लु पदमार्ग पार गर्ने क्रममा भरियाको मृत्यु


२४ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

गोरखा– लार्केपास गर्ने क्रममा विदेशी पर्यटकसँग गएका भरियाको ज्यान गएको छ। मनास्लु पदमार्ग हुँदै लार्केपास गरी मनाङतर्फ निस्कने क्रममा अत्याधिक हिमपातका कारण बिरामी परेका भरिया प्रकाश दवाडीको ज्यान गएको हो।

नीलकण्ठ नगरपालिका–११ धादिङका २० वर्षीय दवाडी यही वैशाख १८ गते ज्यान गएको प्रहरीले जनाएको छ। बहराल एडभेन्चर प्रालिबाट पोर्टरका रूपमा लार्के पास गर्न गएका दवाडीको शनिबार मृत्यु भएको डीएसपी लिलाराज लामिछानेले बताए।

५००६ मिटर उचाइ रहेको सो ठाउँमा बिरामी परेका उनी भारी हिमपात भएपछि स्वास्थ्य अवस्था जटिल बनेको थियो। सबै यात्रुबाट एक्लिएका उनको शव शनिबार लार्के भन्ज्याङ नजिकै भेटिएको डीएसपी लामिछानेले बताए।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ९ : २३ बजे

मोहन बस्नेतमा रवि लामिछानेको ‘भेरियन्ट’ देखियो : अजयबाबु शिवाकोटी 

काठमाडौं– नेपाली कांग्रेसका नेता अजयबाबु शिवाकोटीले पूर्वमन्त्री मोहन बस्नेतमा सहकारी

दुनाटपरी उद्योगबाट मासिक २५ हजार बचत

कैलाली– धनगढी उपमहानगरपालिका–१४ फूलबारी एचगाउँकी महिला उद्यमी भावना पुलामी मगरले

एकीकृत समाजवादी बैठक : नेपालमाथिको मुद्दामा छलफल, झाँक्रीलाई स्पष्टीकरण

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) ले स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलाई

अमेरिका-भियतनाम व्यापार सम्झौताले चीनमा नयाँ अनिश्चितता 

हनोई– संयुक्त राज्य अमेरिकासँगको भियतनामको व्यापार सम्झौताले अमेरिकी राष्ट्रपति डोनाल्ड

उड्ने हेलिकोप्टर चीनबाट गुडाएर कसले ल्याउँदैछ नेपालमा ?

काठमाडौँ – यतिखेर विद्युतीय सामाजिक सञ्जालमा एउटा तस्बिर ‘भाइरल’ भइरहेको