उड्ने हेलिकोप्टर चीनबाट गुडाएर कसले ल्याउँदैछ नेपालमा ? « Khabarhub

उड्ने हेलिकोप्टर चीनबाट गुडाएर कसले ल्याउँदैछ नेपालमा ?


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – यतिखेर विद्युतीय सामाजिक सञ्जालमा एउटा तस्बिर ‘भाइरल’ भइरहेको छ । सिन्धुपाल्चोकको लार्चास्थित तातोपानी नाकातर्फ चिनियाँ सडकबाट एउटा हेलिकोप्टर टेलरमा लादेर ल्याइएको तस्बिर चर्चामा रहेको हो ।

चिनियाँ अटो कम्पनीहरूले आक्रामक बजार विस्तार गरिरहेको नेपालमा यसअघि उत्तरी नाकाबाट टेलर भरेर विद्युतीय सवारीसाधन (ईभी) ल्याइने गरिएको थियो । तर, बुधबार दिउँसो टेलरमा अड्याएर ल्याइएको हेलिकोप्टरले धेरैको ध्यान ताेनेको छ ।

नेपालको माउन्टेन हेलिकोप्टर प्राइभेट लिमिटेडले उक्त हेलिकोप्टर नेपालतर्फ गुडाएर ल्याएको हो । फ्रान्सेली विमान निर्माता कम्पनी एअरबस निर्मित यो हेलिकोप्टर साङ्सी टेक्नोलोजी कम्पनीबाट खरिद गरी नेपाल भित्र्याउन लागिएको माउन्टेन हेलिकोप्टरका मानव संशाधन विभाग प्रमुख रामचन्द्र भुसालले जानकारी दिए ।

‘फ्रान्समा बनेको र पछिल्लो समय चिनियाँ कम्पनीले उडाइरहेको हेलिकोप्टर ल्याउँदै गरेका हौँ । छ महिनाभित्र अर्को हेलिकोप्टर थप्छौँ । केही समयभित्रै यस्ता पाँचवटा हेलिकोप्टर थप्ने कम्पनीको योजना छ’, भुसालले भने, ‘चीनबाट उडाएर सीधै नेपाल ल्याउन प्राविधिक कठिनाइ भयो, त्यसैले तातोपानी ताकासम्म टेलरमा हालेर ल्याएका हौँ, सीधै उडाएर ल्याउन हामीले चीन र नेपाल दुवैतर्फ उडान अनुमति लिएका थिएनौँ ।’

तातोपानीबाट नेपालतर्फ उडाउन कम्पनीले नागरिक उड्ययन प्राधिकरणबाट यो हेलिकोप्टरका लागि कलसाइन ‘9N-AOP’ लिएको पनि भुसालले जानकारी दिए । उनका अनुसार हेलिकोप्टर पाँच सिट क्षमताको हो ।

तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत सूर्यप्रसाद काफ्लेले उडान अनुमति नलिएको हेलिकोप्टर चीनबाट गुडाएर नेपालतर्फ ल्याइएको र हाल सीमावारी नै राखिएको बताए ।

‘हेलिकोप्टर मूल्य २९ करोड रुपैयाँ परेको कागजात आइपुगेको छ, यो मूल्यको एक प्रतिशत भन्सार महसुल र १३ प्रतिशत मूल्यअभिवृद्धि कर (भ्याट) तिरेपछि मात्र भन्सार जाँचपास गर्छौँ’, काफ्लेले भने, ‘आवश्यक कागजात हेरी जाँचपास गरेपछि सम्बन्धित पैठारीकर्ताले यहाँबाट उडाएर लैजाने भनेको छ ।’

बुधबार आइपुगेको हेलिकोप्टर तातोपानीबाट उडाउन माउन्टेन हेलिकोप्टरले बिहीबार अपराह्नसम्म उडान अनुमति, भन्सार र राजस्व तिर्ने प्रक्रिया पूरा गर्ने जनाएको छ ।

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  २ : २६ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन