नागरिकता विधेयकबारे परामर्श गर्दै राष्ट्रपति पौडेल « Khabarhub

नागरिकता विधेयकबारे परामर्श गर्दै राष्ट्रपति पौडेल


२४ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले रोकिएको नागरिकता विधेयकको बारेमा बुझ्न आइतबार कानुनविद्हरूसँग परामर्श गर्दैछन्।

राष्ट्रपतिको सचिवालयका अनुसार पौडेलले आज दिउँसो १ बजे कानुनविद्हरूसँग परामर्श गर्न लागेका हुन् ।

यसअघि  नागरिकता विधेयक प्रमाणीकरणका लागि शीतल निवासमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सो विधेयक पठाइएको भए पनि भण्डारीले प्रमाणीकरण अस्वीकार गरेपछि विधेयक अलपत्र परेको थियो।

सो विधेयक अघि बढाउने निर्णय अहिलेको सरकारले गरेको छ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको वर्तमान सरकारले पूर्णता पाएको ६ महिनाभित्र टुंगो लगाउने न्यूनतम साझा कार्यक्रममा उल्लेख छ ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  १० : २६ बजे

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको