कार्यव्यवस्था समितिको बैठक जारी « Khabarhub

कार्यव्यवस्था समितिको बैठक जारी


२४ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको कार्यव्यवस्था समितिको बैठक सुरु भएको छ । आइतबार अपरान्ह ४ बजेबाट प्रतिनिधिसभाको दोस्रो अधिवेशन सुरु हुनुअघि कार्यव्यवस्था समितिको बैठक बसेको हो । 

बैठकमा सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन सम्बन्धमा छलफल हुने एजेण्डा रहेको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ । 

सचिवालयका अनुसार बैठकमा मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० पेस गर्ने सम्बन्धमा, आ.व. २०८०-०८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल सम्बन्धमा, सांसदहरू बस्ने क्रम निर्धारण सम्बन्धमा, प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी नियमावलीको व्यवस्था र सभाका सदस्यहरूको उपस्थिति वेवसाइट मार्फतै सार्वजनिक गर्ने र ई-हाजिरी सम्बन्धमा छलफल गर्ने एजेण्डा छन् । 

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ११ : ४६ बजे

रास्वपाको उद्घोष सभापछि यस्तो देखियो कार्यक्रमस्थल (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धनुषाको जनकपुरमा परिवर्तन उद्घोष

धमाधम कांग्रेसको टिकट बाँड्दै गगन, कस-कसले पाए उम्मेदवारी पत्र ?

काठमाडौं- नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले

मुलुकमा शान्ति र स्थायित्वका लागि सबै समुदायबीच एकता अपरिहार्य : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थायित्वका लागि सबै

दक्षिण अफ्रिकामा विद्यार्थी बोकेको मिनीबस ट्रकसँग ठोक्किँदा १२ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रीकाको जोहानेसबर्ग स्थित एक स्कुलका विद्यार्थीहरू बोकेको मिनीबस

माघ २० गतेभित्र हातहतियार बुझाउन निर्देशन

पर्वत– जिल्ला प्रशासन कार्यालय पर्वतले यही माघ २० गते भित्र