सिरहामा १४ केजी गाँजासहित दुई युवक पक्राउ « Khabarhub

सिरहामा १४ केजी गाँजासहित दुई युवक पक्राउ


२४ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सिरहा- सिरहामा पछिल्लो समय गाँजाको खेती तथा तस्करी व्यापक रुपमा भइरहेको पाइएको छ । जिल्लाको पूर्व पश्चिम लोकमार्गअन्तर्गत पर्ने कर्जन्हा, मिर्चैया, गोलबजार, धनगढीमाई र लाहान नगरपालिकाको उतरी चुरे क्षेत्रमा वर्षौँदेखि किसानहरुले गाँजा खेती गर्ने र तस्करहरुले खुल्ला सीमानाकाको बाटो प्रयोग गरी भारत निकासी गर्ने गरेको पाइएको हो ।

शनिबार मात्रै प्रहरीले जिल्लाको गोलबजारबाट करिब १४ केजी लागूऔषध गाँजासहित दुई युवक पक्राउ गरेको छ । प्रहरीले गोलबजार नगरपालिका ४ शिवमन्दिर नजिकबाट १३ केजी ८४० ग्राम गाँजासहित गोलबजार १ मुक्सारका २६ वर्षीय महेन्द्र साह र वडा नम्बरर २ का ३६ वर्षीय श्यामकुमार साहलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक डुपेन्द्र बुढाथोकीले जानकारी दिए ।

विशेष सुचनाको आधारमा गोलबजार ४ शिवचौक नजिक पार्किङ गरिराखेको प्र. २–०१–००२ ह. ०२९८ नम्बरको अटोमा लुकाइछिपाई राखेको ५ किलो ८४० ग्राम गाँजासहित महेन्द्र साह र प्र. २–०१–००१ ह. १०५६ नम्बरको अटोमा लुकाइछिपाई राखेको ८ किलो गाँजासहित श्यामकुमार साहलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक बुढाथोकीले बताए ।

प्रहरीले विशेष सुराकीका अधारमा केन्द्रिय अनुसन्धान लागूऔषध विशेष ब्युरो र ईलाका प्रहरी कार्यालय गोलबजारका सई विश्व बुढाथोकीको कमाण्डमा खटिएको टोलिले गाँजासहित दुईजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय सिरहाका सूचना अधिकारी डीएसपी रवीन्द्रराज पाण्डेले जानकारी दिए । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  १ : २८ बजे

प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात

काठमाडौं– प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ

राष्ट्रपति सी चिनफिङ नयाँदिल्लीमा

नयाँदिल्ली – चिनियाँ राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी

बढ्दो जलवायु जोखिमप्रति नेपाल–चीन सहकार्य आवश्यक : झलनाथ खनाल

काठमाडौं–  पूर्वप्रधानमन्त्री झलनाथ खनालले विश्वव्यापी तापमान वृद्धिसँगै हिमालय क्षेत्र गम्भीर

कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमितको संख्या ७ हजार नाघेको

अमेरिकी आर्थिक दबाबमा इरानले आत्मसमर्पण गर्दैन : राष्ट्रपति पेजेस्कियन

एजेन्सी– इरानी राष्ट्रपति मसूद पेजेस्कियनले इरानी जनताले अमेरिकी आर्थिक दबाबमा