प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि पढ्ने विश्वास | Khabarhub Khabarhub

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि पढ्ने विश्वास


२४ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार संवैधानिक परिषद्को बैठक बोलाएकाले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढ्ने संकेत देखिएको छ ।

न्यायालयको इतिहासमा २०७९ साल कायम मुकायमकै नेतृत्वमा सर्वोच्च अदालतको सयम बितेको छ । विसं २०७८ फागुन १ गते तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता भएपछि वरिष्ठतम् न्यायाधीशले कार्यभार सम्हाल्दै आएकामा अहिले वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश रहेका छन् ।

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरेसँग आग्रह गरे पनि ठोस रुपमा काम अघि बढ्न सकेको छैन ।

बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया यथाशीघ्र अघि बढाउन माग गरिरहेकामा सोमबार संवैधानिक परिषद्को बैठक बोलाइएकाले प्रक्रियाअघि बढ्ने विश्वास व्यक्त गरे । बारले प्रधानन्यायाधीशको तत्काल नियुक्तिलगायतका विषयमा एक हप्ता अघिदेखि दबाबमूलक कार्यक्रम गर्दै आएको थियो ।

“ प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउनाका साथै न्यायालयको शुद्धीकरणका लागि निरन्तर आन्दोलन भइरहेको छ”, उनले भने, “संवैधानिक परिषद्को बैठक सोमबार बोलाइएको हुनाले प्रधानन्यायाधीश नियुक्तिको काम अघि बढ्ने विश्वास छ ।”

न्यायपालिका भित्रको भ्रष्टाचार, विकृति विसङ्गति अन्त्य गर्न तत्कालीन न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयन गर्नसमेत बारले माग गर्दै आएको छ ।

नेपालको संविधानको धारा २८४ मा संवैधानिक परिषद्सम्बन्धी व्यवस्था छ । उक्त धाराको उपधारा ३ मा परिषद्ले प्रधानन्यायाधीश वा अन्य संवैधानिक निकायका प्रमुख वा पदाधिकारीको पद रिक्त हुनु एक महिनाअगावै नियुक्तिका लागि सिफारिस गर्नुपर्ने व्यवस्था छ ।

तर सर्वोच्च अदालतमा महाअभियोगको प्रस्ताव निर्णयमा नपुग्दै तत्कालीन निलम्बित प्रधानन्यायाधीश राणाको अवकाश भएपछि वरिष्ठतम न्यायाधीशलाई प्रधानन्यायाधीश बनाउन संवैधानिक परिषदबाट सिफारिस हुनुपर्नेमा परिषद्को बैठक बस्न सकेको थिएन ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  १ : ३४ बजे

बालबालिकालाई पोलियोविरुद्धको ‘आईपीभी’ खोप अभियान आजदेखि

काठमाडौं– सरकारले आजदेखि पोलियो रोगविरुद्धको ‘आईपीभी’ खोप अभियान सञ्चालन गर्दैछ

देउवालाई भेट्न प्रधानमन्त्री दाहाल बूढानिलकण्ठमा

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति

मिश्रकी बौद्धिक रानी क्लियोपेत्रा, भाइलाई पति नमान्दा सत्ताच्यूत !

एकथरि भन्छन्- परम सुन्दरी नारी कि मूर्ख, कि त घमण्डी

राप्रपा नेपालको कार्यसम्पादन समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठक

पक्की पुल बनेपछि आवागमनमा सहज

म्याग्दी– पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरबाङको छ्यारछ्यारेमा म्याग्दी नदीमाथि