प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाका लागि प्रतिबद्ध छौँ : प्रधानमन्त्री प्रचण्ड « Khabarhub

प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाका लागि प्रतिबद्ध छौँ : प्रधानमन्त्री प्रचण्ड


२४ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाको सुनिश्चितताका लागि पूर्णतः प्रतिबद्ध रहेको बताएका छन् । आज आठौँ राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय पत्रकारिता पुरस्कार र वरिष्ठ पत्रकार सम्मानबाट सम्मानितलाई बधाई दिँदै उनले पत्रकार र सबै प्रकारका सञ्चारमाध्यमको पेशागत तथा भौतिक सुरक्षाको प्रत्याभूति गर्नेसहित सञ्चार क्षेत्रका तमाम समस्या समाधान गर्न सकारात्मक ढङ्गले पहल भइरहेको जानकारी दिए ।

उनले सरकारी विज्ञापनहरु विज्ञापन बोर्डमार्फत् न्यायिक ढङ्गले वितरण गर्न, एकीकृत मिडिया विकास कोष स्थापना र पत्रकार, अपाङ्ता भएका पत्रकारहका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गर्ने तयारी भइरहेको बताए ।

उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्रमुख हिस्सेदार नेपाली पत्रकारिता पनि भएको टिप्पणी गरे । उनले भने, “हामीले प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्रमुख हिस्सेदार नेपाली पत्रकारिता क्षेत्र पनि हो, जसको संलग्नताबिना यति ठूलो राजनीतिक उपलब्धि प्राप्त गर्न सम्भव थिएन ।”

प्रधानमन्त्री दाहालले राणाविरोधी आन्दोलन, पञ्चायतविरोधी आन्दोलन हुँदै १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनसम्म नेपाली पत्रकारिताले राजनीतिक आन्दोलनको मुख्य सहयोगीको रुपमा आफूलाई उभ्याएको बताए । उनले नेपाली पत्रकारिताका कारण नेपालको लोकतान्त्रिक आन्दोलनका पक्षमा महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गरे ।

“आन्दोलनकै क्रममा कृष्ण सेन इच्छुकसहित कयौंँ पत्रकारले बलिदान गर्नुभएको छ, भने केही बेपत्ता हुुनुहुन्छ । कयौँ घाइते अपाङ्गता हुनुहुन्छ, भने कयौँले जेल, नेल र यातना भोग्नुभयो । त्यति मात्र होइन, कयौँ राजनीतिक दल अलमलमा रहेको बेलासमेत पत्रकारिता क्षेत्रबाट नै स्पष्टरुपमा नेपालमा गणतन्त्र स्थापना गर्नुपर्छ भनेर संस्थागत रुपमा नै जागरणमूलक अभियान सञ्चालन भएको थियो,” उनले भने ।

 

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ३ : १० बजे

प्राथमिक उपचारकर्ता उत्पादनका लागि तालिम सुरु : प्रशिक्षणमा महिलाको उत्साह 

काठमाडौं– हरेक वडामा २५ जना प्राथमिक उपचारकर्ता उत्पादन गर्ने लक्ष्यसहित

आगामी बजेटबारे मन्त्रालयसँग छलफल सुरु, योजना प्रस्ताव गर्ने समयसीमा लम्बिन सक्ने सङ्केत

काठमाडौं- नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट

‘सरकारद्वारा सार्वजनिक ऊर्जा क्षेत्रसम्बन्धी कार्ययोजना स्वागतयोग्य’

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालले नयाँ सरकारद्वारा सार्वजनिक

सरकारलाई अदालतको आदेश : पूर्वप्रधानमन्त्री ओलीको उपचारका लागि व्यवस्था गर्नू

काठमाडौं- जिल्ला अदाल काठमाडौंले शनिबार पक्राउ गरिएका पूर्वप्रधानमन्त्री केपी शर्मा

प्रदेशसभा बैठकमा वातावरण समितिको प्रतिवेदन प्रस्तुत

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा ‘उद्योग, पर्यटन तथा वातावरण समितिको आर्थिक