२० प्रतिशत लगानी गरे युवालाई सरकारले ८० प्रतिशतसम्म ऋण दिन पूर्वअर्थमन्त्री पाण्डेको सुझाव « Khabarhub

२० प्रतिशत लगानी गरे युवालाई सरकारले ८० प्रतिशतसम्म ऋण दिन पूर्वअर्थमन्त्री पाण्डेको सुझाव


२४ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई आर्थिक वर्ष २०८०/८१ को बजेटबारे ४ बुँदे सुझाव दिएका छन् । अर्थमन्त्री महतले आयोजना गरेको पूर्वअर्थमन्त्रीहरुसँगको छलफलका क्रममा पूर्वअर्थमन्त्री पाण्डेले ४ बुँदे सुझाव प्रस्तुत गरेका हुन् । पाण्डेसहित अर्थमन्त्री महतले पूर्वअर्थमन्त्रीहरु डा. प्रकाशचन्द्र लोहनी, ज्ञानेन्द्रबहादुर कार्की, विष्णुप्रसाद पौडेल र डा. युवराज खतिवडासँग आगामी आर्थिक वर्षको बजेटबारे सुझाव लिएका हुन् ।

छलफलमा पूर्वअर्थमन्त्रीहरूले व्यावहारिक बजेट तयार गर्न, खर्च कटौतीमा निर्मम बन्न र अनावश्यक दायित्व थपिने गरी नयाँ आयोजना थप नगर्न सुझाव दिएका थिए ।

खबरहबसँग कुराकानी गर्दै पूर्वअर्थमन्त्री पाण्डेले युवाहरूलाई रोजगारीमा ल्याउन र अहिलेको उद्यमशीलतालाई विकास गर्नका लागि राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने र यसका लागि सरकारले निर्देशन दिनेबारे सुझाव दिएको बताए ।

बजेटमार्फत् सरकारले युवाहरूलाई रोजगारीमा ल्याउन र अहिलेको उद्यमशीलतालाई विकास गर्नको लागि बिना धितो ऋण पाउने व्यवस्था गर्नेबारे छलफल गरेको पाण्डेको भनाइ छ । उनले युवाहरुले २० प्रतिशत लगानी गरे त्यसमा सरकरले ८० प्रतिशतसम्म ऋण दिने व्यवस्था गर्नेबारे पनि सुझाव दिएको बताए ।

उनले सक्षम उद्यमीलाई ३० प्रतिशत इक्युटीमा लगानी भए ७० प्रतिशतसम्म ऋण दिने व्यवस्थाबारे पनि आफूले जोड दिएको उल्लेख गरे ।

धनीहरूलाई कम्तीमा ५० प्रतिशत इक्युटी र ५० प्रतिशत ऋण दिनेबारे पनि चर्चा गरेको उनको भनाइ छ । यसका लागि सरकारले आर्थिक नीतिमा परिवर्तन ल्याउनु पर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ५ : १४ बजे

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा