नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई जोगाउनु हुँदैन : नेता रायमाझी « Khabarhub

नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई जोगाउनु हुँदैन : नेता रायमाझी


२४ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता उमेशजङ्ग रायमाझीले एउटै मान्छे पटकपटक मन्त्री हुन खोज्ने प्रवृत्ति नक्कली भुटानी शरणार्थी प्रकरणले स्पष्ट गरेको बताएका छन् ।

राष्ट्रियसभाको आइतबारदेखि सुरु भएको चौधौँ अधिवेशनको पहिलो बैठकमा उनले नक्कली भुटानी शरणार्थी प्रकरणले सबै नेपालीलाई कलङ्कित तुल्याएको उल्लेख गरे ।

उक्त गिरोहले केही वर्षअघि आफूसँग भेटेर गृहमन्त्रीलाई भेटाइदिन आग्रह गरेको घटना सुनाउँदै उनले नक्कली शरणार्थी प्रकरणमा संलग्न जो कोहीलाई पनि छाड्न नहुने तर्क गरे ।

उनले भने, ‘नक्कली शरणार्थीका प्रकरणमा कुनै नेतालाई बचाउने कार्यमा लाग्न हुन्न, यस्ता  कलङ्कलाई निस्तेज तुल्याउनुपर्छ ।’ त्यसबेला आफूले प्राप्त सूचनाअनुसार तीन हजारदेखि सात हजार व्यक्तिलाई अमेरिका पठाउने खेल भएको हल्ला रहेको उनको बैठकलाई जानकारी दिए ।

नेता रायमाझीले भने, ‘वर्तमान सरकारले सुरु गरेका काम र अभियानले जनतामा आशाको किरण पलाएको छ, यो अधिवेशनमा नयाँ ऐन बनाउन सक्छ । देश र जनतालाई देश र जनताको भलो हुने कार्य गरेमा अर्को पटक जनताले प्रतिपक्षलाई राज्यको कार्यभार सुम्पिन्छन् ।’

काम गर्ने व्यक्तिका लागि कुनै मन्त्रालय सानो र ठूलो नहुने बताउँदै उनले राजनीतिक भागबन्डाका आधारमा मन्त्रालयको जिम्मेवारी दिने प्रवृत्ति सुधार्न आवश्यक रहेको बताए ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ५ : ४७ बजे

सुदूरपश्चिम प्रदेशसभा सदस्यबाट डा. जोशीको राजीनामा

गोदावरी– सुदूरपश्चिम प्रदेशसभा सदस्य डा तारा जोशीले प्रदेशसभा सदस्यबाट राजीनामा

स्वागत र पत्रकार बुढाथोकी राप्रपामा, एकजना प्रत्यक्ष चुनाव लड्दै, अर्का समानुपातिक सूचीमा

काठमाडौं- अधिवक्ता तथा पत्रकार स्वागत नेपाल र अर्का आर्थिक पत्रकार

बागमती प्रदेशसभा सदस्य दुलालले दिए राजीनामा

बागमती– बागमती प्रदेशसभा सदस्य युवराज दुलाल (शरद) ले आज प्रदेशसभा

प्रचण्डसँग असन्तुष्ट वामदेव, फिर्ता गरिदिए बर्दिया १ को टिकट

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमले बर्दिया क्षेत्र नम्बर

हिउँदको कठ्याङ्ग्रिने चिसो : भोटेकोसीमा राफ्टिङको साहस (तस्बिरहरू)

काठमाडौं– सामान्यतया गर्मी बढेसँगै सिन्धुपाल्चोकको सुकुटे क्षेत्रस्थित तल्लो भोटेकोसी (सुनकोसी)