पार्टीको गतिविधिप्रति असन्तुष्टि जनाउँदै कांग्रेस महामन्त्री गगन थापा लेख्छन्- अब त अति भयो ! « Khabarhub

पार्टीको गतिविधिप्रति असन्तुष्टि जनाउँदै कांग्रेस महामन्त्री गगन थापा लेख्छन्- अब त अति भयो !


२४ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको गतिविधिप्रति असन्तुष्टि जनाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् महामन्त्री थापाले पार्टीमा कतिपय कुराहरु चित्त नबुझेको भन्दै असन्तुष्टि जनाएका हुन् । यद्यपि उनको असन्तुष्टि के विषयमा हो भन्ने खुलेको छैन ।

उनले आफूलाई पार्टीमा कहिले प्रक्रिया चित्त नबुझेको, कहिले पद्धति र कति निर्णयहरू मन नपरेको उल्लेख गर्दै आफूले राखेका कतिपय विषयले पार्टीमा प्रवेश नपाएको बताएका छन् । धेरै पटक आफूलाई यसबारे प्रतिरोध गरूँ भन्ने लागेको भएपनि पार्टीको जिम्मेवारी लिएर बसेकाले सीमा बुझेर आफू मौन रहेको उनको भनाइ छ ।

‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ।’ उनले फेसबुकमा लेखेका छन् ।

उनले यस्तो अवस्था रहेपनि पार्टीभित्र आफ्ना मत र अडान राखेको उल्लेख गर्दै कतिपय साथीहरूलाई सम्झाएको पनि बताए । तर अब अति भएको उनको भनाइ छ । ‘ त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडे, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो !’ उनले लेखेका छन् ।

 

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ७ : ३७ बजे

रोशी खोलमा फसेका पाँच वटा माइक्रो र ८९ यात्रुको मध्यरातमा सकुशल उद्धार

काभ्रेपलाञ्चोक – अविरल बहाव बढेपछि काभ्रेपलाञ्चोकको रोशी खोलामा यात्रुसहित फसेका

लखनउमाथि मुम्बईको रोमाञ्चक जित : २२९ रनको लक्ष्य १८.४ ओभरमै पूरा

काठमाडौँ – मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ४७औँ

विश्वकप लिग-२ : आज ओमानसँग भिड्दै नेपाल, घरेलु मैदानमा बदला लिने अवसर

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको

बिपी राजमार्गमा आवागमन बन्द

काभ्रेपलाञ्चोक – वर्षाका कारण बिपी राजमार्गको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – आज २०८३ साल वैशाख २२ गते मंगलबार। जेठ