पार्टीको गतिविधिप्रति असन्तुष्टि जनाउँदै कांग्रेस महामन्त्री गगन थापा लेख्छन्- अब त अति भयो ! « Khabarhub

पार्टीको गतिविधिप्रति असन्तुष्टि जनाउँदै कांग्रेस महामन्त्री गगन थापा लेख्छन्- अब त अति भयो !


२४ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको गतिविधिप्रति असन्तुष्टि जनाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् महामन्त्री थापाले पार्टीमा कतिपय कुराहरु चित्त नबुझेको भन्दै असन्तुष्टि जनाएका हुन् । यद्यपि उनको असन्तुष्टि के विषयमा हो भन्ने खुलेको छैन ।

उनले आफूलाई पार्टीमा कहिले प्रक्रिया चित्त नबुझेको, कहिले पद्धति र कति निर्णयहरू मन नपरेको उल्लेख गर्दै आफूले राखेका कतिपय विषयले पार्टीमा प्रवेश नपाएको बताएका छन् । धेरै पटक आफूलाई यसबारे प्रतिरोध गरूँ भन्ने लागेको भएपनि पार्टीको जिम्मेवारी लिएर बसेकाले सीमा बुझेर आफू मौन रहेको उनको भनाइ छ ।

‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ।’ उनले फेसबुकमा लेखेका छन् ।

उनले यस्तो अवस्था रहेपनि पार्टीभित्र आफ्ना मत र अडान राखेको उल्लेख गर्दै कतिपय साथीहरूलाई सम्झाएको पनि बताए । तर अब अति भएको उनको भनाइ छ । ‘ त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडे, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो !’ उनले लेखेका छन् ।

 

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ७ : ३७ बजे

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण