किसमिस किन खाने ? यस्ता छन् फाइदाहरू « Khabarhub

किसमिस किन खाने ? यस्ता छन् फाइदाहरू


२४ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- किसमिसमा आइरन प्रचुर मात्रामा हुन्छ। जसले गर्दा  शरीरमा रगतको मात्रा बढ्छ र रक्तअल्पत्ता हुनबाट बच्न सकिन्छ। किसमिसको सेवनले मुटु सम्बन्धी रोग लाग्न बाट बचाइ आँखा तेजिलो बनाउँछ। काठमाडौँ-किसमिसलाई धेरैजसो बालबालिकाले मन पराउँछन्।

किसमिस प्रायः सबै मौसममा पाइन्छ। यो धेरै जसो मिठाइहरूमा प्रयोग गरिन्छ। किसमिसमा उच्च मात्रामा आइरनका साथै  भिटामिन, खनिज र प्रोटिन पाइन्छ। साथै क्याल्सियम, फलाम,  पोटेसियम, फाइबर, म्याग्नेसियम, भिटामिन बीलगायतका तत्वहरू पनि यसमा पाइन्छ। त्यसैले  किसमिसलाई स्वास्थ्यको हिसाबले निकै फाइदाजनक मानिन्छ।

त्यस्तै गर्भावस्थामा सुख्खा फलका रुपमा किसमिस खाने गर्नाले शरीरमा फलामको कमी हुँदैन। त्यसकारण आमा र गर्भमा बढेको बच्चाका लागि किसमिसमा रहेका पोषक तत्वहरू धेरै फाइदाजनक हुने चिकित्सकहरु बताउँछन्।  बेलुका एक कप पानी उमालेर त्यसमा एक मुठ्ठी जति धोएर सफा बनाएको किसमिस हालेर रातभरि छोडिदिने र बिहान त्यो पानीलाई मनतातो बनाएर खाली पेटमा खान सकिन्छ।

किसमिसलाई मज्जाले चपाएर खाँदा अधिक लाभ मिल्ने चिकित्सकहरूको भनाइ छ।

यस्ता छन् किसमिसका फाइदाहरू

-किसमिसको सेवनले कलेजोको समस्याबाट मुक्ति पाइन्छ।

-किसमिस खानाले मांसपेशीहरू बलियो हुन्छन्।

-गर्भावस्थामा किसमिस खाँदा लाभ मिल्छ।

-किसमिसमा बोरोन नामक माइक्रोन्यूट्रिएंट्स पाइन्छ यसले हड्डी बलियो बनाउन मद्दत गर्छ।

-किसमिसको सेवनले एनीमियाको समस्याबाट बचाउँछ।

-किसमिसमा पाइने एन्टीअक्सिडेन्ट, भिटामिन ए, बिटाक्यारोटिनाइडले आँखा तेजिलो बनाउन मद्दत गर्छ।

-किसमिसलाई दूधमा मिसाएर खाँदा वजन बढाउन सकिन्छ।

-किसमिसमा हुने आइरन, पोटासियम, क्याल्सियमले शारीरिक र मानसिक शक्ति प्राप्त गर्न सहयोग पुर्याउछ।

-किसमिसमा प्रशस्त मात्रामा फाइबर पाइन्छ। त्यसैले नियमित रूपमा यसको सेवन गर्दा कोलेस्ट्रोल कम गर्न मद्दत गर्छ।

-किसमिसको सेवनले मुटुसम्बन्धी रोग लाग्न बाट बचाउँछ।

-दैनिक रूपमा केही किसमिसका दानालाई थोरै पानी हालेर मजाले पकाएर त्यो पानीको सेवन गर्नाले पाचन शक्ति बढाउँछ।

-किसमिसमा आइरनको मात्रा प्रचुर हुन्छ। त्यसैले किसमिस र यसको पानी खाँदा शरीरमा रगतको मात्रा बढ्छ र रक्तअल्पत्ता हुनबाट बच्न सकिन्छ।

-किसमिसमा पाइने एन्टीअक्सिडेन्ट, भिटामिन ए, बिटाक्यारोटिनाइडले आँखा तेजिलो बनाउन मद्दत गर्छ।

-किसमिसमा भएको एन्टिब्याक्टेरियल गुणले मुखको दुर्गन्धलाई हटाइ घाँटीको संक्रमण हुनबाट जोगाउँछ।

प्रकाशित मिति : २४ जेठ २०८०, बुधबार  ६ : ५६ बजे

श्रमसंस्कृतिबाट उपसभामुखमा रूवि ठाकुर, रास्वपाले सघाउने

काठमाडौं- हर्क साम्पाङ नेतृत्वको श्रमसंस्कृति पार्टीले समानुपातिक सांसद रुवि ठाकुरलाई

राप्रपाबाट उपसभामुखमा सरस्वतीको उम्मेदवारी

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलले सरस्वती लामालाई प्रतिनिधि

पार्टीभित्रको विवाद समाधानमा मध्यमार्गी भूमिका खेल्न शेखर कोइराला तयार

काठमाडौं – नेपाली कांग्रेसका नेता शेखर कोइराला विशेष महाधिवेशनबाट चयन

दक्षिण कोरिया र अमेरिकाद्वारा संयुक्त हवाई अभ्यासको घोषणा

सियोल– दक्षिण कोरियाले संयुक्त अपरेसनमा परिचालन दक्षता सुधार गर्ने प्रयासको

दैनिक ४० हजार लाइसेन्स छपाइ

काठमाडौं– सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तीव्र गतिमा जारी रहेको