ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै « Khabarhub

ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै


२४ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछन् । आज मनाङ मर्स्याङ्दी र न्युरोड टीम (एनआरटी), हिमालयन शेर्पा र मछिन्द्र तथा संकटा र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

मनाङ मर्स्याङ्दी र एनआरटीबीचको खेल च्यासल मैदानमा दिउँसो ३ बजे हुनेछ । जारी लिगमा २४ खेलबाट ३२ अंक जोडेको मनाङ छैटौँ स्थानमा छ । ३० अंक भएको एनआरटी ११औँ स्थानमा छ ।

यस्तै, दशरथ रंगशालामा दिउँसो ३ बजे हिमालयन शेर्पा र मछिन्द्र क्लबले खेल्ने छन् । ३९ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको मछिन्द्र ११औँ जित निकाल्ने योजनामा रहँदा ३१ अंक रहेको संकटा आठौँ जितको खोजिमा छ ।

यसैगरी, संकटा क्लब र फ्रेन्ड्स क्लबले साँझ ६ बजे दशरथ रंगशालमा प्रतिस्पर्धा गर्ने छन् । २४ खेलको समाप्तिसम्म  संकटा ३० अंकसहित दशौँ स्थानमा छ भने २६ अंक भएको फ्रेन्ड्स तालिकाको पुछारमा छ ।  

प्रकाशित मिति : २४ जेठ २०८०, बुधबार  ६ : ५३ बजे

चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने

चितवन– यही पुस ११ गतेदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा

सिंहदरबारमा निर्वाचन तयारीबारे सर्वपक्षीय छलफल सुरु (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको संसारमा

धनुषामा एक अस्पतालसहित चार वटा औषधि पसललाई कारबाही

जनकपुरधाम– सरकारले तोकेको मापदण्ड विपरीत अवैध रूपमा, दर्ता नगरी सञ्चालित

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने