ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै « Khabarhub

ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै


२४ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछन् । आज मनाङ मर्स्याङ्दी र न्युरोड टीम (एनआरटी), हिमालयन शेर्पा र मछिन्द्र तथा संकटा र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

मनाङ मर्स्याङ्दी र एनआरटीबीचको खेल च्यासल मैदानमा दिउँसो ३ बजे हुनेछ । जारी लिगमा २४ खेलबाट ३२ अंक जोडेको मनाङ छैटौँ स्थानमा छ । ३० अंक भएको एनआरटी ११औँ स्थानमा छ ।

यस्तै, दशरथ रंगशालामा दिउँसो ३ बजे हिमालयन शेर्पा र मछिन्द्र क्लबले खेल्ने छन् । ३९ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको मछिन्द्र ११औँ जित निकाल्ने योजनामा रहँदा ३१ अंक रहेको संकटा आठौँ जितको खोजिमा छ ।

यसैगरी, संकटा क्लब र फ्रेन्ड्स क्लबले साँझ ६ बजे दशरथ रंगशालमा प्रतिस्पर्धा गर्ने छन् । २४ खेलको समाप्तिसम्म  संकटा ३० अंकसहित दशौँ स्थानमा छ भने २६ अंक भएको फ्रेन्ड्स तालिकाको पुछारमा छ ।  

प्रकाशित मिति : २४ जेठ २०८०, बुधबार  ६ : ५३ बजे

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजेदखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।