रुसी नियन्त्रणमा रहेको युक्रेनी बाँध भत्कियो, हजारौं विस्थापित « Khabarhub

रुसी नियन्त्रणमा रहेको युक्रेनी बाँध भत्कियो, हजारौं विस्थापित


२४ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रुसको नियन्त्रणमा रहेको युक्रेनी बाँध भत्किएको छ  । बीबीसीका अनुसार  बाँध भत्किए पछि हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । 

राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले नोभा काखोभकामा बाँध भत्किएपछि ८० सहर र गाउँहरू बाढीले डुबानमा पर्न सक्ने बताएका छन् । उनले बाँध भत्किनुमा रुस दोषी रहेको आरोप लगाएका छन् । 

डिनिप्रो नदीमा अवस्थित बाँध भत्किए पछि मुख्यतः खेरसन सहरमा विनाशकारी बाढीको जोखिम निम्त्याउन सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

मस्को र किभले एकअर्कालाई काखोभका बाँध भत्काएको आरोप लगाएका छन्। रुसले गत वर्ष युक्रेनमा आक्रमण गरेलगत्तै दक्षिणी युक्रेनको बाँध कब्जा गरेको थियो ।

बाँध भत्किएपछि एउटा सानो सहर र दुई दर्जन गाउँहरू डुबानमा परेका थिए । यस्तै १७ हजार मानिस विस्थापित भएका छन् ।

उता, ह्वाइट हाउसले मंगलबार एक विज्ञप्ति जारी गर्दै युक्रेनमा विष्फोटपछि ठूलो बाँध भत्किँदा धेरैको मृत्यु हुने सम्भावना रहेको बताएको छ । यो घटनाको पछाडि कसको हात छ भन्ने विषयमा कुनै ठोस प्रमाण नभएको उसको भनाई छ ।

राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले भने, ‘अमेरिका अन्तिम निष्कर्षमा पुगेको छैन। हामी अझै जानकारी सङ्कलन गर्ने र युक्रेनीहरूसँग कुरा गर्ने प्रयास गरिरहेका छौं ।’

प्रकाशित मिति : २४ जेठ २०८०, बुधबार  ७ : ३२ बजे

प्रचण्डको टिप्पणी : रवि-बालेन गठबन्धनबाट डराएका छैनौँ, हार्ने डर पनि हामीलाई छैन

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र

काठमाडौं महानगरको ठेक्का प्रकरणमा सहसचिव प्रदीप परियारसहितलाई सफाइ

काठमाडौं-विशेष अदालत काठमाडौं महानगरपालिकाको ठेक्का प्रक्रियामा भ्रष्टाचारको आरोपमा मुद्दा चलिरहेका

डेढ दर्जन दल मिलेर गठित नेकपाका केन्द्रीय सदस्य नै २२ सय ९९ जना

काठमाडौं- नेकपा माओवादी केन्द्रसहित दर्जनभन्दान धेरै दल मिलेर गत कात्तिक

रवि-बालेन एकताबारे प्रचण्ड : अप्ठेरोमा साथ दिएर गृहमन्त्री बनायौँ, गठबन्धनबाट डराउँदैनौँ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले